|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |



नेपाल बालसाहित्य समाज मुलुकको बालसाहित्यसम्वन्धी अग्रणी संस्था हो । दुई दशकदेखि यसले बालसाहित्यको विकासका लागि काम गर्दै आएको छ । यो समाजका संस्थापक अध्यक्ष भाषाविद प्रा.डा. चूडामणि वन्धु हुन् । उनले बालसाहित्यको प्रवर्धनको उद्देश्यका साथ स्थापित यो संस्था अहिले निर्वाचनको संघारमा छ ।
शुरुका दिनमा आर्थिक संकटमा गुजे्रको यो संस्थासँग अहिले सरकारी अनुदान, डेनिस प्रोजेक्टलगायतका कार्यक्रमले कोष राम्रै अवस्थामा छ । हरेक वर्ष बालसाहित्यकारलाई विदेश भ्रमण गराउँने, लेखकका किताब छापिदिने र लेखन कार्यशाला गर्ने जस्ता काममा समाज ब्यस्त छ ।
यसै परिप्रेक्ष्यमा अहिले बालसाहित्यको माहौल समाजको चुनावी गर्मीले तातिएको छ । अहिले समाजलाई नेतृत्व गर्दै रहेका अध्यक्ष विश्वम्भर चन्चल नै ठीक वा समाजमा नयाँ नेतृत्व आउँनुपर्छ भन्ने बहस चल्न थालेको छ । वास्तवमा यस अघि रमेश विकल र रामकुमार पाँडे पनि समाजको अध्यक्ष बनिसकेका छन् । तर सबैभन्दा बढी क्रियाशील र विवादित कार्यकाल भने वर्तमान अध्यक्ष चन्चलकै देखिएको छ । हाल सरकारी सेवा निवृत भई अवकाशको जीवन बिताइरहेका चन्चलले पूरै समय यस समाजलाई दिएर यसको उचाइ बढाएका छन् । किनकि अहिले समाज आइबिबिआइ नामक अन्तर्राष्ट्रिय बालसाहित्य प्रवर्धन संगठनको नेपाल चेप्टरको सदस्य भएदेखि यसले अन्तर्राष्ट्रिय तहमा परिचय बनाएको छ ।
यस परिपे्रक्ष्यमा अब भावी अध्यक्ष को बन्ने भन्ने प्रतिस्पर्धा शुरु भएको छ । नयाँ अध्यक्षको दौडमा थुपै अनुहारहरू पृष्ठभूमिमा आएपनि खुलेरै म अध्यक्षमा लड्ने भनेर स्वघोषणा गररै हिडेको नाम रामबाबु सुवेदीको हो । तर यहाँ अहिले एक थरीको के.के. कर्माचार्य अध्यक्षमा आउँनुपर्छ भन्ने मत पनि सुनिन्छ भने सुवदी पनि त्यही समूहबाट अध्यक्षमै आउँने कसरतमा देखिन्छन् ।
समाजलाई नजिकबाट नियालिरहेका अर्काथरि तटस्थ निस्क्रीय अग्रज साहित्यकारहरू भन्छन्- अब हुने निर्वाचनमा बढी भन्दा बढी युवापुस्ताले उम्मेदवारी दिनुपर्छ । समाज बढी साँघुरो मानसिकतामा चलिरहेको छ ।
त्यसैले युवाले मात्र देशभरिका बालसाहित्यकारहरूसँगको भावनात्मक दुरी कम गर्न सक्छन् । त्यसैले युवापुस्ताको उल्लेख्य प्रतिनिधित्व हुनुपर्छ ।
त्यस्तै अर्का थरी समाजको गतिविधिबाट रुष्ट रहेका बालसाहित्यकारहरू भने समाजबाट प्राप्त हुने सुविधाहरू सबै कार्यसमितिका पदाधिकारीले मात्रै उपभोग गरेको, बालसात्यि समाजले हरेक वर्ष वितरण गर्ने बालसाहित्य पुरस्कार पनि लाजमर्दो रुपमा समाजकै पदाधिकारीहरूले विगत २ वर्षदेखि आफैले लिएर समाजलाई बदनाम गराएको, विदेश भ्रमण र पुस्तक प्रकाशनमा पदाधिकारी र तिनका नातागोताले मात्र अवसर पाएको र समाजले आयोजना गर्ने लेखन कार्यशालामा पनि सोही प्रक्रिया अपनाई समाज बालसाहित्यकारहरूको साझा मन्च बन्न नसकी सीमित परिवारको बनेको आरोप छ । संस्था बरालिएकाले हस्तक्षेप गर्नुपर्ने उनीहरूको तर्क रहेको छ ।
वास्तवमा यी आरोप र प्रत्यारोपबीच वर्तमान कार्यसमितिको एउटा टोली डेनमार्क भ्रमणको प्रस्थानको अन्तिम तयारीमा छ । डेनमार्कको साप्ताहिक बसाइबाट फर्किएलगतै काठमाडौंमा समाजको चुनाव सम्पन्न हुनेछ ।
तथापि नेपाली संघसंस्थाहरूमा देखिएको तीतो सत्य केहो भने कुनै पनि संस्था आर्थिक संकटमा रहुन्जेल सबै टाढा-टाढा भाग्ने गर्छन् र त्यो संस्थाले थोरबहुत उन्नति गरेपछि त्यही संस्थामा छिर्न आरोपप्रत्यारोप शुरु हुन्छ र संस्था नै टुक्र्याउँने र नयाँ कार्यसमितिमा पुगेकाले संस्था नै टाट पल्टाउँने गरेका उदाहरण हामी कहाँ प्रशस्त छन् ।
तर नेपाल बालसाहित्य समाजको आगामी नेतृत्वको हकमा कुरा गर्दा यो पंक्तिकार स्वयं पनि विगत १३ वर्षदेखि यही क्षेत्रमा क्रियाशील रही बालबाङ्गमयलाई नजिकबाट हेर्ने र भोग्ने मौका पाएकाले अबको बाटो सबैको मतअभिमतलाई सुनेर समाजमा विगतमा भएका कमी कमजोरी सुधार्दै जाने प्रतिबद्घतालाई पहिलो प्राथमिकतामा राखी फेरि यो कार्यकालको पनि नेतृत्व गर्ने अवसर वर्तमान अध्यक्ष चन्चललाई नै दिनुपर्छ भन्ने हो ।
किनकि उनका नराम्रा पक्ष वारे धेरै चर्चा परिचर्चा गरिए पनि उनका केही राम्रा पक्षहरू पनि छन् जसले भविष्यमा सस्थालाई अझ माथि लाने अपेक्षा गर्न सकिन्छ । मूलतः उनी एउटै सस्थामा समर्पित भएर लाग्नु उनको पहिलो सकारात्मक पक्ष हो । साथै उनको जुझारुपन र प्रशाशनिक क्षमता पनि हो । उनी जसरी अहिले संस्थामा समर्पित भएर लागेका छन् त्यो हाल प्रत्यक्ष प्रतिस्पर्धामा देखिएकाबाट सम्भव छैन । किनकि रामबाबु सुबेदी एक नीजी विद्यालयका प्रीन्सिपल हुन् भने कर्माचार्य कलाकार समाजका अध्यक्ष हुन् । उनी कलाका बरिष्ठ हुन् र निकै ब्यस्त पनि छन् ।
वास्तवमा आज नेपालमा पाँच सयको हाराहारीमा बालसाहित्यकार छन् । वर्षेनी सरदर एक सय बालकृतिहरू छापिन्छन् । यस बृहत बन्दै गएको बालसाहित्य बाङ्गमयको माहौलमा संस्थालाई पूर्ण समय समर्पित गर्ने अध्यक्षले सस्था अdm माथि उठाउँन सक्छ । त्यसैले कसैलाई पनि सिधै पदाधिकारीमा नलैजाने इतिहासलाई निरन्तरता दिदै कार्यसमितिका सदस्यमा यस क्षेत्रमा सक्रिय युवाहरूलाई समेटेर समाज अघि बढ्नुपर्छ भन्ने अभिमत नै अहिले समाजको हितमा हुनसक्छ । त्यसैले समाजको एकतालाई कायम गर्दै अब बालसाहित्य समाजको नयाँ नेतृत्वमा संस्था डुबाउँने होइन उकास्ने बाटो नै बालसाहित्य बाङ्गमयको भलाइका लागि उपर्युक्त हुनेछ भन्ने कुरामा शायदै कसैको विमति होला ।
long time no see,can you plz visit www.ausnepalnews.com and send me mail.we can promote this site vise versa.article is good.
plz send me mail once.