|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


वर्गीय समाजमा वर्गसंघर्ष चलिरहेको हुन्छ । वर्गसंघर्षले वर्गयुद्धको रुप पनि लिन्छ । ०५२ साल फागुन १ गतेदेखि नेकपा माओवादीको नेतृत्वमा नेपाली जनताले सञ्चालन गरेको महान् जनयुद्ध समाजमा चल्ने वर्गसंघर्षको उच्चतम रुप हो । यसले पुराना विचारहरुलाई ध्वस्त गर्दै नयाँ विचारहरुलाई सतहमा ल्याउने काम पनि गरेको छ ।
अब वर्गसंघर्ष सकियो त ? होइन, त्यो अझै कायमै छ । त्यो त नयाँ जनवादी समाजमा पनि कायमै रहन्छ । नयाँ जनवादी क्रान्ति हुन बाँकी नै छ । समाज वर्गसंघर्षबाट नै परिवर्तन र विकास हुने हो । समाजको विकास संगसँगै कला-साहित्यको पनि विकास हुन्छ अर्थात् वर्गसंघर्षको विकाससंगै कला-साहित्यको विकास हुन्छ । वर्गसंघर्षको विकास, समाजको विकास र कला-साहित्यको विकास भनेको ती जीवन उपयोगी बन्नु हो । कला-साहित्यको विकासको मुख्य उद्देश्य हो-जनजीवनसित त्यसको सम्बन्ध दरिलो हुनु अर्थात् जीवन्त हुनु । दरिलो र जीवन्तको मतलब हो जनसमुदायमा क्रान्तिकारी वर्गचेतना जागृत गराउनु । यो काममा सफल हुने कला-साहित्यलाई नै सफल र विकसित कला-साहित्य भन्न सकिन्छ । आज हामीले कला-साहित्यलाई यही रुपमा विकसित गर्न जरुरत छ । यसका लागि लेखन पक्षधरता र लेखकीय प्रतिबद्धता हुन जरुरी छ ।
कला-साहित्यले कसको सेवा गर्ने ? यो केन्द्रीय सवाल हो । यो कला-साहित्यको विशेषरुपमा पक्षधरताको सवाल हो । के भनिन्छ भने वर्ग समाजमा सामाजिक चेतनाका सम्पूर्ण रुपहरु वर्गीय हुन्छन् । उदाहरणका लागि राजनैतिक तथा विचार, नैतिकता, कला, साहित्य, दर्शन आदि विभिन्न कुराहरु सामाजिक चेतना अन्तर्गत पर्न आउँछन् । कला-साहित्य पनि सामाजिक चेतनाभित्र पर्दछ । त्यसैले कला-साहित्य पनि वर्गीय नै हुन्छ ।
यो वर्गीय छ भन्नुको अर्थ साहित्य लेखन पक्षधर हुन्छ भन्नु हो । यसमा सत्यता छ, जस्तो कि मान्छेका चारवटा होइन, दुईवटा खुट्टा हुन्छन् भन्दा जति सत्यता पाइन्छ, त्यसमा पनि त्यत्तिकै सत्यता पाइन्छ । भनिन्छ, जनता इतिहासका निर्माता हुन् । जनसमुदायले नै समाजलाई बदल्दै आएका छन् । समाजलाई बदल्नमा कला-साहित्यलाई जनसमुदायको लागि अस्त्र मानिन्छ । साहित्य लेखनमा पक्षधरताले समाजका प्रगतिशील, परिवर्तनकामी, अग्रगामी वर्गहरुको अनुमोदन गर्दछ । तसर्थ यी वर्गहरुलाई नयाँको लागि सकृयतापूर्वक लड्न उत्साह जगाउनु पक्षधरता अन्तर्गत पर्ने मुख्य उद्देश्य हो । यसले समाजका सबभन्दा प्रगतिशील शक्तिहरुलाई एकजुट पार्दछ । कला-साहित्य जनताको अस्त्र हो, धरोहर हो र सम्पत्ति पनि हो । यो जनताका बीच राम्रोसँग झाङ्गएिर जनताको भावना, विचार र इच्छालाई एकजुट गराउन सक्नुपर्दछ । के पनि भनिएको पाइन्छ भने जनताको लागि लेखिनु पर्दछ, यसको आश्रय पक्षधरता नै हो ।
यसलाई यही रुपमा बुभ\\mनु नै वास्तविक एकमात्र वैज्ञानिक बुझाई हो । कला-साहित्य जति प्रगतिशील एवं प्रगतिवादी हुन्छ, उति नै त्यो जनताको पक्षधर हुन्छ र उति नै त्यो जनधारणाको कलात्मक सृजनामा आधारित हुन्छ अनि उति नै त्यो यथार्थवादी पनि । कला-साहित्य जनताबाट, जीवनबाट जति नै टाढा हुन्छ, उति नै त्यो तुच्छ, निम्न हुन्छ र उति नै त्यो बैचारिकरुपमा पतनको समीप हुन्छ ।
पक्षधरताको सिद्धान्तपछि कला-साहित्यको विकास गर्ने सिद्धान्त प्रतिबद्धताको सिद्धान्त हो । लेखकको प्रतिबद्धताको कुरा गर्दा समाज विकासको प्रक्रियालाई बुभ\\mन जरुरी छ । समाज विकासको प्रक्रिया पुरानोको ध्वंश र नयाँको निर्माणबाट हुन्छ अर्थात् पुरानो विरुद्ध नयाँले गर्ने संघर्षमा नयाँको विजय अवश्यम्भावी छ । पतनोन्मुख सामाजिक व्यवस्था र प्रतिक्रियावादी वर्गीय शक्तिहरुको विरुद्ध संघर्षमा प्रगतिशील सामाजिक शक्तिहरुलाई सघाउनु प्रगतिवादी सर्जकहरुको दायित्व हो । यहि दायित्वको भूमिका निभाउनु नै लेखकको प्रतिबद्धता हो । सर्वहारावर्गको अग्रदस्ता पार्टीप्रति प्रतिबद्धताले लेखकहरुको दिल दिमागलाई आवश्यक कृयाशील एवं जुझारु बनाउनुका साथै तिनीहरुमा भएको प्रतिभालाई उच्चस्तरमा पुर्याउने काम गर्दछ । किनकि स्रष्टाहरुले यथार्थवादी, उच्च वैचारिक र अतिकलात्मक र जीवनदायी कृतिहरुको रचना गर्न सकुन् भन्ने कुरामा पार्टीले ध्यान राख्दछ । पक्षधरता र प्रतिवद्धताको सिद्धान्तले \'कला-साहित्यको उच्च वैचारिक तथा कलात्मक स्तर सुरक्षित राख्दछ, त्यसलाई अति महत्वपूर्ण सामाजिक समस्याहरुको समाधानमा उपयोगी तुल्याउँछ । यो सृजनासम्बन्धी वास्तविक स्वतन्त्रताको आवश्यकीय स्थिति हो ।
अब अन्तमा मिखाइल शोलोखोभको जनता र पार्टीप्रति दिएको महत्वपूर्ण अभिव्यक्ति राख्न चाहन्छु, जो यसप्रकार छ- \'हामीहरु सबै नै आप\\mनो हृदयको आदेश बमोजिम लेख्छौं । अनि हाम्रो हृदयचाहिँ हाम्रो पार्टी र जनताको अधीनमा छ । हामी आप\\mनो कलाद्वारा जनताको सेवा गर्दछौं ।\' ठीक हो- \'मान्छे जुन समाजमा रहन्छ, त्यस समाजबाट, त्यस समाजमा चल्ने वर्गसघर्ष, क्रान्ति र वर्गयुद्धबाट त्यसको विकासक्रमबाट र त्यसका मान्यताबाट स्वतन्त्र रहन सक्दैन\' । लेखक साहित्यकारहरु पनि यहि समाजका हुन्, यही समाजमा बस्छन् र यस समाजमा चल्ने वर्गसंघर्ष र वर्गयुद्धमा संलग्न भैरहेका छन् र भैरहने छन् । तापनि पक्षधरता र प्रतिवद्धताको सिद्धान्तलाई जति दरिलो रुपले समात्न सकिन्छ, कला-साहित्य पनि त्यही अनुरुप सफल र विकासक्रमलाई पकड्न सक्ने हुन्छ ।
| तपाईको प्रतिक्रिया | |
|
|