|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


५-६ वर्ष अघि मैले हाइकु शैलीका एक दुई कविता रूपरेखामा प्रस्तुत गरेको थिएँ । तिनको छोटकारिता तथा देखिने सहजताको परिणामस्वरूप सबैले खिस्सी त गरे, हाइकुको बाढी आयो सम्पादकको डेस्कमा । हाइकु कविता वास्तवमा त्यत्ति सहज कविता होइन । ५-७-५ अक्षरका कवितामा- यसका तीन पङ्क्तिको मुख्य विभाजनमा एउटा दर्शन छ ।
जापानी साहित्यमा हाइकु शैलीका कविताका सबभन्दा चर्चित कवि हुन्, बासो । उनको बहुचर्चित कविता लिउः
फुरुइके या -५) पुरानो ताल
कावाजु टोविकोमु -७) भ्यागुतो उफ्री दिन्छ
मिजु नो ओटो -५) पानीको शब्द ।
आफ्ना शिष्यहरू समक्ष कविताको व्याख्या गर्दा बासोले भनेका थिए- उनका कविताको चरित्रको दुई विशेषता छन् परिवर्तन तथा स्थायित्व । जापानी कविताको अध्ययन गर्ने व्यक्तिलाई थाहा हुनेछ, त्यसबखत परम्परालाई मात्र कायम राख्ने एक रोग व्याप्त थियो उनको साहित्य समाजमा । बासोका कथनअनुसार, \\\'मेरा कवितामा प्रत्येक वर्ष परिवर्तन आउनु पर्दछ, र ती प्रत्येक महिना स्वच्छ हुनै पर्दछ ।’
आउनुहोस् यस सन्दर्भमा माथिको कविताको अध्ययन गरौं ।
पहिलो पङ्क्तिमा, विश्वको कवितात्मक अभिव्यक्ति जताइन्छ- त्यो हो समयहीन, सञ्चालनहीन पानी तालका । दोस्रो पङ्क्तिका सामयिक हलचल जताइन्छ- जसमा भ्यागुतोको उफ्राइ जताइन्छ । तिनको सङ्घर्षको परिणाम हो तेस्रो पङ्क्ति- पानीको
शब्द ! यसैलाई यदि औपचारिक रूपमा व्याख्या गर्ने हो भने, पहिलो पङ्क्तिले चिरन्तन सत्य अभिव्यक्त गर्छ, जो जापानी साहित्यको एक आधारभूत गुण हो! बासोको देन यहाँ छ सञ्चालन निमित्त प्रयोग गरिएको भ्यागुतो, जो बेढङ्गको स्वरसहित, परम्परालाई भत्काएर नयाँ परम्परा स्थापित गर्दछ ।
सत्यको खोजी’ नै यदि कविताको मुख्य वस्तु ठान्न हो भने, त्यसलाई जेन बुद्धिज्मका सन्दर्भमा हामी बुझ्न सक्छौ, जस अन्तर्गत अन्य कुराका अतिरिक्त, बोध हामीलाई एक्कासि हुन्छ भन्ने सिकाइयो । यसै अनुरूप, नयाँ शिष्यलाई एक्कासि पाठ घोकिरहेको बेला कपालमा बिस्तारै हिर्काउने गर्ने उनीहरू, ज्ञान उमार्न । जेहोस्, एक्कासी उम्रेको भावना नै हाइकुको आत्मा हो । बासोको अर्को उत्तिकै चर्चित कविता लिऊ -
कारेइदा नी -५) जर्जर हाँगा
कार्सु नो तोमार्केरी -७) कौवा एक बसेछ
आकी नो कुरे -५) शरदमा सन्ध्या ।
बासोको यो कविताले प्रसिद्धि पायो- लाखौँ चित्रणमा । तर चित्रण गर्ने भने उनको उद्देश्य थिएन । कवितामा चित्रण मात्र उनी चाहन्न थिए, यसको उदाहरण निमित्त अर्को कविता लिऊ -
सिजुकासा या -५) कस्तो निस्तब्ध झ्
इवानी सिमिइरू -७) झ्याउँकीरीको शब्द
सेमी नो कोइ -५) डुब्छु ढुङ्गामा !
हाइकु कवितामा सुधारको सम्भावना जहिले पनि हुन्छ । १००-२०० वर्षको कुरा त्यहा आउँदैन । कुसोनले -सन् १७१७-८४) मा लेखे :
च्छुरी गाने नी -५) मन्दिर घण्टा
तोमारिते नेमुरू -७) आरामसाप मस्त !
कोचो का ना -५) क्या झ्याउँकीरी !
दोस्रो उपमा सिकीको -१८६७-१९०२)
च्छुरी गाने नी -५) मन्दिर घण्टा-
तोमारिते हिकारू -७) आराम ली उज्ज्वल-
होतारू का ना -५) त्यो झ्याउँकीरी
यहाँ तपाईंहरूले देख्नुभयो होला- प्रत्येक कवितामा एक पद्धति छ- आफ्नै ! प्रथम पङ्क्तिमा विश्व-अवस्थाको! दोस्रोमा सब्जेक्टको अवस्थाको! तेस्रोमा प्रतिक्रियाको ।
यी सारालाई अनुबन्ध गर्नु पर्यो १७ अक्षरमा !
सम्भव छ के ?
हाइकु, त्यही हो !
| तपाईको प्रतिक्रिया | |
|
|