|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


गीत, कथा, समालोचना, कविता, मुक्तक, गजल, गीतिकथा एवं निबन्धलगायतका विधामा कलम चलाउँदै आएका युवा स्रष्टा पुष्करराज बुढाथोकी \'साउँतेली’ का गीतहरूको सङ्ग्रह हो- वेदनाका रङ्गहरू । वेदना भन्ने शब्द आफैमा दुःख हो, पीडा हो । त्यो दुःखको रङ्ग कस्तो हुन्छ ? त्यो दुःखको रङ्ग कस्तो हुन्छ ? यी प्रश्नका उत्तरहरू गीतकार साउँतेलीका गीतहरू पढेपछि थाहा हुन्छ । जस्तै :
अभागीको भागमा खुसी पर्दोरहेछ
आँसु झरे पनि दुःख झर्दोरहेछ ...
मूलतः गीत भन्नासाथै \'साङ्गीतिक विधा’ भन्ने हामी बुझ्दछौँ । तथापि आजकल गीत श्रवणीय मात्र नभएर हेरिने र पढिने विधाको रूपमा पनि विकसित हुँदै गएको छ । यसै मेसोमा युवा गीतकार पुष्करराज बुढाथोकी \'साउँतेली’द्वारा रचित गीतहरूको सङ्ग्रह \'वेदनाका रङ्गहरू’ प्रकाशित भएको छ । एक सय एक थान गीतहरू सङ्गृहीत यस गीतिपुस्तकलाई मिलन कार्कीले प्रकाशित गरिदिएका हुन् । जस्तै :
मनमा घाउ लागे पनि
छैन कोही मलम लाउने
आँसु फेरि झरिहाल्छ
आशको छानो कत्ति छाउने ?
गीतकार साउँतेलीका दर्जन बढी गीतहरू सङ्गीतबद्ध भइ रेकर्डसमेत भइसकेका छन् । र, तीनले नेपाली गीत-सङ्गीतमा सच्चा श्रोताहरूलाई पर्याप्त साङ्गीतिक स्वाद दिने प्रयास गरेका छन् । पत्रकारिता, शिक्षण लगायतका पेशामा संलग्न साउँतेली सिर्जनायात्रामा निरन्तर क्रियाशील सर्जक हुन् । वि.सं. २०५१-५२ सालतिरदेखि नै सिर्जनायात्रामा निस्किएका साउँतेलीले यस बीचमा थुप्रै आरोह-अवरोहहरू पार गरिसकेका छन् ।
उनका गीतहरू मानवीय दुःख, पीडाका साथै खुसी र उमङ्गका सरल अभिव्यक्तिहरू हुन् । समयको वास्तविक दस्तावेजहरू हुन् । राष्ट्रकवि माधवप्रसाद घिमिरे भन्छन् -\'गीतकार बुढाथोकीका गीतको शैली लोकगीत र गजलगीतको माझबाट बनेको आधुनिक गीतको शैली हो र यसैमा उनको विशेष परिचय पनि पाइन्छ । उनको गीतसङ्ग्रहका गीतको विषयचाहिँ प्रेमको वेदना पनि हो । देशभक्तिको भावना पनि हो र आजको मानवले भोग्नुपरेको विषम संवेदना पनि हो । यी गीतहरू मार्मिक छन् यिनको पीडा मीठो छ ।
दोलखा जिल्लाको फस्कुमा जन्मिएर राजधानी उपत्यकालाई कर्मथलो बनाइरहेका साउँतेलीका आगामी यात्राहरू अझ प्रगतिशील बनून्, हार्दिक शुभकामना ।
| तपाईको प्रतिक्रिया | |
|
|