|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |



हिममानव यतीको अस्तित्वबारे पूर्णरुपमा विश्वस्त नभए पनि त्यसको खोजी र अनुसन्धान भने जारी नै छ । यती नेपाललगायत युरोप, अफ्रीका, एसियाका देशका हिमाली भेगमा रहने विश्वास गरिन्छ । विश्वका धेरै देशका अनुसन्धानकर्ताले यसको खोजी गरेका र त्यसको अस्तित्वबारे विभिन्न प्रमाण दिएका छन् ।
तिब्बती भाषामा यतीको अर्थ चट्टानमा बस्ने मान्छे भन्ने बुझिन्छ । योगी नरहरिनाथले पौराणिककालका यक्ष नै यती भएको बताएका थिए । पुराण आदिमा वर्णन भएअनुसार देवयोनिका विविधि भेदमध्ये एक,कुबेरका प्रजागण तथा दुर्गाको एक अनुचर शक्ति यक्ष मानिन्छ ।
यतीसम्बन्धमा तीन दशकदेखि अनुसन्धान र कृति प्रकाशन गर्दै आएका प्रा रामकुमार पाँडेले \'यती रहस्य\'-यती मिस्ट्री) नामक पछिल्लो कृति प्रकाशन गरी यसको अस्तित्व भएको विश्वास गर्न सकिने एक दर्जन बुँदा प्रस्तुत गरेका छन् ।
नेपाल, तिब्बत, सिक्किम र आसाममा भेटिएका भनिएका यतीका विवरण उस्तै रहेका, धेरै पर्वतारोही र अभियानकर्ताले दुईखुट्टे सो अज्ञात जनावरको ताजा पदचिहृन फेला पारेका, बाँदर र मानिसबीच एक जीव-यती) हुनुपर्ने ठानिएको,धेरै शेर्पाले अज्ञात जनावरको आक्रमण, अपहरण भोगेको, यतीले चौंरीगाईलाई मारेको, यतीका सम्बन्धमा धेरै कथा तथा मिथक चलेकाजस्ता उदाहरण पुस्तकमा दिइएका छन् ।
उन्नाइसौं शताब्दीमा रुसका सैनिक कर्णेल निकोलाइ पर्भल्स्काइले मङ्गोलियको गोवी मरुभूमिमा हिममानव भेटेको प्रतिवेदन दिएका थिए भने नेपाल-तिब्बत सीमामा वनस्पतिशास्त्री एल ए वाड्डेलले सन् १८९९मा यतीको पदचिहृन भेटेको जानकारी दिएका थिए ।
भाले यतीले केटीहरु अपहरण गर्ने, छ्याङ खाने, चौंरीगाई मार्ने ,सिट्ठी बजाउने, घरमा आएर चियाउने गर्छ भनिएको छ । नेपालमा पर्यटन प्रबर्द्धनका लागि यतीको झाँकी पनि बेलाबेलामा प्रस्तुत गर्ने गरिएको छ ।
यतीका खुट्टाका औंला पछाडि फर्केका, हात काँधदेखि घुँडासम्म लत्रेका, मुखमा रौं नभएको तर जिउमा भने खैरो, रातोरातो र कालो रौं हुने गरेको , टाउको सोली-कोन)जस्तो भएको, घाँटी छोटो भएको अर्धमानव तथा अर्धवानर नै यती भएको विशेषज्ञहरुले बताएका छन् ।
प्रा पाँडेको यसअघि यती टेल्स र यती एकाउन्ट्स शीर्षकका यतीसम्बन्धी दुई कृति प्रकाशित भइसकेका छन् । उहाँले यती सम्बन्धी अन्तरराष्ट्रिय कार्यशालामा भाग लिई कार्यपत्र प्रस्तुत गर्नुका साथै अन्तरराष्ट्रिय मिडियामा यससम्बन्धमा अन्तर्वार्ताहरु पनि दिइसक्नुभएको छ । यतीको अनुसन्धानका लागि उहाँ संखुवासभादेखि कर्णाली उपत्यकासम्म पुग्नुभएको छ ।
नदेख्दैमा छैन भन्न सकिन्न, यसको राष्ट्रियस्तरमा खोजी आवश्यक छ -प्रा पाँडेले भन्नुभयो । पुस्तकमा डा हर्क गुरुङले लेख्नुभएको भूमिकामा यतीको खोजी गर्न नथाकेकोमा प्रा पाँडेको सह्राना गर्नुभएको छ ।
म यतीको अस्तित्वमा ५०प्रतिशत विश्वास गर्छु, ससाना अध्ययनले अनर्गल प्रचार नहोस्, विभिन्न देशका रहस्यमय जीवजन्तुको भन्दा नेपालको हिममानव यतीको विशेष महत्व छ -उहाँले भन्नुभयो ।
| तपाईको प्रतिक्रिया | |
|
|