|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


काठमाडौंको दक्षिणभेग र यस आसपासका प्रमुख तीर्थस्थल मध्येको प्रसिद्ध तीर्थस्थल काठमाडौं,ललितपुर र मकवानपुरको सिमानामा पर्ने लटरम्वेश्वर महादेव विशेष महत्व बोकेको पर्यटकीय तीर्थस्थल भएता पनि प्रचारको अभावमा ओझेल परेको छ ।
स्वस्थानी व्रतकथामा आधारित यस तीर्थस्थल श्री महादेवले आफ्नी पत्नी सतीदेवी अग्निमा होमिएर प्राण त्याग गरेपछि मृत शरीरलाई बोकी पृथ्वी भ्रमण गर्ने क्रममा विभिन्न अङ्ग पतन हुँदै जाँदा यस स्थलमा आईपुगेपछि सतीदेवीको जटा पतन भएका कारण यस स्थानमा लटरम्बेश्वर महादेव उत्पत्ति भएको प्राचीन जनविश्वास रहिआएको यहाँका स्थानीयवासीहरू बताउँछन् ।
मकवानुरको पञ्चकन्या गा.वि.स.वडा नं २ मा पर्ने महादेवटारको डाँडोमा अवस्थित लटरम्बेश्वर महादेव स्थान मकवानुरका इपा,ठिङ्गन र सुकौरा नामक तीन गा.वि.स.को सिमानामा रहेको छ ।
समुद्र सतहदेखि करिव छ हजार फिट उचाईमा रहेको यस मन्दिरमा जाने बाटो भने अत्यन्त साँघुरो तथा अप्ठेरो छ । बाटो अत्यन्त अप्ठेरो भएपनि यस मन्दिरमा विशेषत माघे सङ्क्रान्ति र बैशाख सङ्क्रान्तिमा अत्यधिक रुपमा भक्तजनहरू आउने स्थानीयवासी कमलकुमार बस्नेतले बताउनुभयो ।
बाटोमा ठुला ठुला भीर तथा बाटो पार गर्न कतिपय स्थानमा एकजनामात्र हिड्नुपर्ने भएका कारण पछिल्लो समयमा स्थानीयवासीको सकृयतामा एक समिति समेत गठन गरी केही बाटो सिमेन्ट गर्नुका साथै सिँढी र पानीको व्यवस्थासमेत गरेको उहाँले बताउनुभयो । अर्का स्थानीयवासी पंकज के.सी. व्यापक प्रचारप्रसारका अभावका कारण अत्यन्त रमणीय तथा धार्मिक स्थल भएपनि यसको विकास हुन नसकेको बताउनुहुन्छ ।
प्राकृतिक रुपबाट समेत अत्यन्त रमणीय अङग्रेजी अक्षर \'डब्लु\'को आकारमा रहेको यस मन्दिरको डाँंडाका सम्बन्धमा समेत छुटृै किम्वदन्ति पाइन्छ । जस अनुसार प्युटार गा.वि.स.निवासी घले थरका एक जनाले डव्लु आकारको मुर्ति भेटृाई घर लगेर राखेका र एकदिन सपनामा उनलाई उक्त मूर्तिले मलाई त्यसै डाँडोमा लगेर राख्नु भन्ने आदेश भएपछि उनले त्यस ठाउँमा बाटो निर्माणगरि एक वर्ष सम्म त्यसैस्थानमा पूजाआजा गरेको किम्वदन्त्िा अझै पनि जनजिभ्रोमा कायम रहेको स्थानीयवासी श्यामकुमार कठायतले बताउनुभयो ।
विशेषत माघे सङ्का्रन्तिमा लटरम्वेश्वर महादेव मन्दिरमा ठूलो मेला लाग्ने परम्परा प्राचीनकालबाट चलिआएको बताउँदै कठायतले यो मेला भर्न ईपा,सुकौरा,ठिङ्गन,प्युटार,माल्टा,मन्थली लगायत मकवानपुर, काठमाडौ, ललितपुरका विभिन्न भागबाट दर्शनार्थीहरू आउने गरेको बताउनुभयो । यस दिनमा स्थानीयवासीहरू पूजाआजाका सामानका साथै बाजागाजा लिएर अघिल्लो दिनकै राति नै पुग्ने र नाचगान गरी रमाईलो गर्ने प्रचलन परापूर्वकालदेखि चलिआएको छ ।
वि.सं.१९९० को महाभूकम्प जानु अघि उक्त स्थानमा ठूलो मूर्ति रहेको भएपनि उक्त मूर्ति भूकम्पका कारण भाँचिएर इपा गा.वि.स.तर्फको डाडोंको फेदमा झरेका कारण त्यस स्थानमा पनि हाल मूर्ति राखी पूजाआजा गर्ने गरिएको स्थानीय वृद्धवृद्धाहरूले बताए ।
माघ महिना अवधिभर यस मन्दिरमा दर्शन गरेमा पारिवारिक सुख शान्ति तथा समृद्धि बढ्ने विश्वास कायम रहेको बताउने स्थानीयवासीहरू प्रचारप्रसारकै अभावका कारण विकास हुन नसक्दा धार्मिक पर्यटनको ठूलो अवसरबाट यो क्षेत्र बञ्चित हुनु परिरहेको बताउँछन् ।
काठमाडौ,ललितपुर तथा मकवानपुरको सुन्दर दृश्यावलोकन गर्न सकिने यस स्थानबाट यस आसपासका ठूला ठूला पहाडहरू पनि समतल मैदान सरह होचिएका देखिन्छन् । काठमाडौ तथा ललितपुरका फुल्चोकी, नगरकोट,शिवपुरी लगायतका स्थानहरू प्ा्रचारकै कारण चर्चित र विकसित भएको बताउने यहाँंका स्थानीयवासीहरू धार्मिक दृष्टिकोणबाट समेत अत्यन्त महत्वपूर्ण तथा दृश्यावलोकनका लागि उपयुक्त हुने उच्च स्थानमा रहेको लटरम्बेश्वर महादेव परिसरलाई विकास गर्न सवैको सकारात्मक सहयोगको अपेक्षा गरिएको बताउँछन् ।
यहाँ पुग्नका लागि बगुवाबाट तीन घण्टा, ठिङ्गनबाट दुई घण्टा र सिस्नेरीबाट छ घण्टा पद यात्रा गर्नुपर्दछ ।
| तपाईको प्रतिक्रिया | |
|
|