|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


जाडो बढदै गएपछि म्याग्दी जिल्लाको सिङ्गा गाविस वडा नं ४ स्थित तातोपानी कुण्डमा नुहाउनेहरुको सङ्ख्या दिनानुदिन बढ्न थालेको छ । नदी किनारमा जमिनमुनिबाट आउने प्राकृतिक औषधियुक्त तातोपानीमा नुहाएपछि पुराना र जटिल रोगहरु निको हुने विश्वासमा सो कुण्डमा नुहाउनेहरुको सङ्ख्या बढदै गएको हो ।
तातोपानी खाने र कुण्डमा डुवुल्की मार्दा टाउको दुख्ने, छाला, ग्याष्टिक, वाथ, घाउ-खटिरा, महिलाको आङ् खस्ने लगायतका रोगहरु निकोहुने भएपछि प्राकृतिक चिकित्सा केन्द्र बनेको यो कुण्डमा नुहाउने मानिसहरुको आकर्षण बढेको हो ।
अस्पतालमा औषधोपचार गर्दा रोग निको नभएर हैरान बनेका दीर्घरोगीसमेत तातोपानीमा घण्टौ डुवुल्की मार्दा रोग निको भएको बताउँछन् । दैनिक पटक पटक कुण्डमा डुवुल्की मार्दा रोगीले उपचारको अनुभव गर्ने हुँदा देशका विभिन्न स्थानबाट नेपालीहरु र विदेशी पर्यटकसमेत नुहाउन ओइरिने गरेको कुण्ड व्यवस्थापन समितिका कर्मचारी चित्रबहादुर बुढाथोकीले बताए ।
वि.सं. २०६३ मा व्यवस्थित बनाइएको सो कुण्डमा एक पटकमा ४०० जनासम्मले नुहाउन सक्ने र दैनिक दुईसयदेखि पाँचसय जनासम्म कुण्डमा नुहाउन आउने गर्दछन् ।
म्याग्दी सदरमुकाम बेनीबाट नौ किलोमिटरको दुरीमा रहेको तातोपानीसम्मको सडक अझै कच्ची अवस्थामा रहेपनि प्राकृतिक चिकित्सालयकोरुपमा विकसित हुँदै आएको कुण्डको आकर्षण बढेकाले होटल, विजुली, खानेपानी र कुण्डको व्यवस्थित रुपमा विस्तार गर्न सकिए सो क्षेत्रलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न सघाउ पुग्ने देखिन्छ ।
सो कुण्डमा नुहाउनेले रु. एक सयको टिकट लिनुपर्दछ । त्यो टिकट १५ दिनसम्म प्रयोग गर्न सकिन्छ । स्थानीयरुपमा व्यवस्थापन समितिले कुण्डको सञ्चालन र व्यवस्थापनमा सामान्य कार्य गर्दै आएको छ, तर यसलाई अझै व्यवस्थित गर्न सम्वन्धित पक्षको ध्यान जान जरुरी रहेको समितिका पूर्व संरक्षक देवबहादुर घले बताउनुहुन्छ ।
म्याग्दी नदीको किनारमा कैयौ वर्षअघि पानीको वाफ देखेर नुहाउँदै जाँदा रोग निको भएपछि सानोसानो कुण्ड बनाउँदै डुव्दै गर्दा अहिलेको रुपमा तातोपानी कुण्डको विकास भएको बताइन्छ ।
तातोपानीमा पाइने खनिज तत्व, रोगीलाई पर्ने प्रभाव र यसको उपचारजन्य महत्वबारे वैज्ञानिक अध्ययन अनुसन्धान गर्न जरुरी देखिन्छ । कुण्डमा रहेको तातोपानीमा वीरेनुन र सल्फर प्रचुरमात्रामा रहेकोले कुण्डमा नुहाँउदा स्वास्थ्य लाभ हुने विश्वास नुहाउनेहरुमा रहेको पाइन्छ ।
कुण्डमा डुवुल्की लगाएपछि नदीछेउकै तातोपानी आउने धारामा पुनः नुहाइन्छ । सो कुण्डमा नुहाउन आउनेमध्ये ७५ प्रतिशत महिला हुने गरेका छन्। कुण्डमा डुवुल्की लाएर बस्दा अनुहारमा तपतपी पसिना आउने गर्दछ । महिलाले भने टाउकोमा कपडा बाँधेर डुवुल्की लगाउने गर्दछन् । केही समय डुवुल्की मारेर तात्तिएपछि कुण्डदेखि बाहिर निस्किएर कम्मल जस्तै कपडा वा प्लाष्टिक ओढेर शरीरबाट पसिना निस्किएपछि पुनः पानीमा डुव्ने गरिन्छ ।
तातोपानीमा नुन, गन्धक, खनिजआदि हुनाले एक अर्कालाई रोग नसर्ने बताइन्छ । खानेकुरा खाएर डुव्ने र तातोपानीले केही कमजोर बनाउने हुँदा नुहाउनेहरु कुण्डबाट निस्किएपछि तागतिला खानेकुरा खाने गर्दछन् ।
महिला र पुरुषका निम्ति अलग-अलग कुण्ड बनाइनुपर्ने र कुण्डलाई अझ व्यवस्थित बनाउनेतर्फ व्यवस्थापन समितिकोध्यान जान आवश्यक देखिन्छ ।
विहान छ वजेदेखि साँझ छ वजेसम्म खुल्ने सो कुण्डको पानी प्रत्येक दिनसाँझ फाल्ने गरिन्छ ।
नेपालको १४ अञ्चल, पचहत्तरै जिल्लाबाट सो कुण्डमा मानिस नुहाउन आउने गरेका छन् भने भारत लगायत हालसम्म ताइवान, कोरिया र अमेरिकाबाटपनि केही पर्यटक नुहाउन आएको समितिका कर्मचारी बुढाथोकीले बताए । जाडोयाम अर्थात माघ र फागुनमा बढी मानिसको घुँइचो हुने सो कुण्डमा गत वर्ष १४ हजारले नुहाएका थिए । तीनजना कर्मचारी कार्यरत सो समितिले गतवर्ष रु २१ लाख ३६ हजार ४०६।- आम्दानी गरेको मध्ये रु १३ लाख खर्च भएको जानकारी दिइयो ।
आधा शरीर पक्षाधात भएका म्याग्दी दरवाङका ७२ वषर्ीय एकबहादुर पुन पनि पानीमा डुवुल्की मारिरहेका थिए । \\\'सञ्चो हुन्छ कि भनेर आएको\\\', उनले बताए । विगत २२ वर्षदेखि जोर्नी दुःख्ने समस्याले पीडित भई हप्तादिनदेखि कुण्डमा पौडीरहेका काठमाडौ निवासी ५३ वषर्ीय लालवहादुर पुनले पनि \\\'केही आराम भएको महसूस हुन थालेको\\\' बताए ।
राससको कामको सिलसिलामा म्याग्दी पुग्नुभएका राससका अध्यक्ष वालकृष्ण चापागाईले पनि कुण्डमा नुहाइसकेपछि शरीर सहजभई आनन्द प्राप्त भएको महसूस गरेको र केही दिनसम्म कुण्डमा बसेर नियमितरुपमा डुवुल्की मार्नसके निश्चय नै स्वास्थ्यलाभ हुने अनुभूति गरेको बताउनु भयो।
वाग्लुङ वुर्तिवाङ गाविस वडा नं २ निवासी ४४ वर्षीय गिरिबहादुर छन्ताल ग्याष्टिक, गोला, नसा खुम्चने रोग यहाँ नुहाउदा निको हुन्छ भन्ने धेरै मानिसबाट सुनेकोले आएको बताउनुहुन्छ । यसैगरी म्याग्दी टिकोट गाविस ५ निवासी ३० वर्षीया जुना पुनले यहाँ नुहाउँदा विभिन्न रोगहरु निको हुन्छ भन्ने सुनेर आफु आएको र सात दिनसम्म यहाँ बस्ने सोच बनाएको बताउनुभयो ।
काठमाडांैको नाङ्लेभारे गाविस निवासी कुमार दङ्गालले कुण्डमा डुवुल्की मारेपछि टाउकोमा रहेको चाया हटेकोमा प्रशन्नता व्यक्त गर्नुभयो ।
देशका विभिन्न ठाउँमा यस्ता तातोपानीका कुण्ड पाइने भएतापनि म्याग्दी सिङ्गाको तातोपानी स्वास्थ्योपचारका लागि प्रसिद्ध हुँदै गएकाले यसको व्यवस्थित रुपमा विकास गर्नसके नुहाउनेहरुको सङ्ख्या बढ्न गई आम्दानीपनि राम्रो हुने विश्वास गर्न सकिन्छ ।
त्यसर्थ यस कुण्डलाई म्याग्दीकै प्रमुख पर्यटकीय केन्द्रको रुपमा विकास गर्न सकिने प्रसस्त संभावनाहरु रहेकाले यसतर्फ विशेष ध्यानदिन जरुरी देखिन्छ ।
| तपाईको प्रतिक्रिया |
| 1 barsama 21 lakha amdani ma3 jana kamgarne manisa kasari 13 lakha kharcha hunchha marmat sammar bijuli aru kma kharchha hunchha ? |
| shiva acharya|16-Feb-2010 18:12:06 |
| 1chooti janeeman6 2041ma aama muktinath gayr farke pa6ibatayko kahanisuneko thiye aaj lakh red garna payethank u tato panibeni bazzar maygdi |
| balanand dhakal|10-Jan-2010 15:58:37 |
| mero aama muktinath gayre aauda tatopani ko bayan suneko thiye kuro 2041 salko ho ra moile pani hal uae ma maygdi sthi sang bat bistar pur bak sab kuro bujeko 6u 1 choti mero wife laxmi lai liyr janee man 6 herugod le sath din6 ki nai e-mail balikad19@yahoo.com ................................ |
| laxmipatibala dhakal|10-Jan-2010 15:50:41 |
| yo tato panee sarai ramro hunchhare bhane suneko chhu tra ma najikai bhayar nani gaeko chhain tra ekachoti ma pani jane bichar gareko chhu ani mero mail addr chandrapun78@yahoo.com |
| chandra bahadur pun Qatar|09-Dec-2009 16:19:00 |
| तपाईको प्रतिक्रिया | |
|
|