|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


नेपालका प्राचीन मन्दिरहरूमध्ये विशिष्ट पहिचान बनाउन सफल मानिएको उपत्यकाको चोभारस्थित आदिनाथ मन्दिर हो ।
यस मन्दिरमा मङ्गोलियन जातिका च्याडग्रासी नामक देवता आई लिच्छिवीकालदेखि नै बसोबास गर्दै आएको भए पनि धेरैपछि तिब्बततिरका भोटेहरूले चोरेर आफ्ना राज्यमा लगेको लोक कथालाई आधार बनाएर बुढापाकाहरू कुरा गर्ने गर्दछन् ।
सोही क्षेत्रका स्थानीयवासी अर्जुन थापामगरले च्याङ्ग्रासी देवतालाई वर्षमा एकपटक रथमा राखेर तत्कालीन काठमाडौँ नगर परिक्रमा गराउने प्रचलन रहेको र सोहीअनुरुप नगरको परिक्रमा गराएपश्चात् र्फकनेक्रममा अहिलेको बल्खु नामक स्थानमा रथको पाङ्ग्रा भासिएर देवतालाई त्यही राख्नुपरेको हुँदा सोही रात तिब्बतका भोटेहरूले आएर रथमा राखिएको देवतालाई चोरी गरी तिब्बतमै पुराएको कथा सानैदेखि आफूले सुन्दै आएको बताउनुहुन्छ ।
अहिले चोभारडाडामा त्यस बेला गाई पाल्ने ग्वालाहरूको ठूलो बसोबास रहेकोमा तिनीहरूमध्येको एक नन्द नामक ग्वालाको पनि बसोबास रहेको र नन्द ग्वालाको गाईले घरमा बिस्तारै दूध दिन छाडेकाले पछि अनुसन्धान गर्ने क्रममा त्यही गाईकोपछि लागि जाँदा अहिलेको नख्खु दोभानमा गाईले दूध दिने गरेपछि ठूलो उत्सुकताकासाथ त्यहाँ खनेर हेर्दा मूर्ति भेटिएको थापामगर बताउनुहुन्छ ।
त्यसरी भेटिएको मूर्ति कहाँबाट कसरी आएको हो भनी त्यहाँका गाउँलेले खोजीगर्दै जाँदा हालको ललितपुर जिल्लाको सानो गाउँ भन्नेस्थानमा रहेको सो मूर्ति त्यहाँ अनिकाल लागेर धेरै मानिसलाई विपत्ति परेपछि स्थानीय मानिसले मूर्तिको दुईवटा रुप भएको हँुदा अनिष्ट हुनगएको शङ्का गरेर नदीमा बगाएको तथ्य फेला परेको बताइन्छ ।
आधा नर र आधा नारीको सँयुक्त स्वरुपमा प्रतिविम्वत भएको सो मूर्तिलाई नख्खु देाभानमा भेट्टाइँदा चैत महिना भएको र साना गाउँ पुगी तथ्य फेला पार्दा झन्डै पाँच महिना बितेपछि चोभारका गाउँलेहरूले सो मूर्तिलाई कहाँ स्थपना गर्ने भनेर छलफल चलाउँदा सोहीस्थानका डाँडामा खाली रहेको च्याङ्ग्रासी देवताको स्थानमा लगी स्थापना गर्ने निष्कर्ष निस्केको थियो ।
उक्त मूर्तिलाई आदिनाथ नामाकरण गरी डाँडामा विशेष बाजागाजासहित जात्रा चलाई स्थपना गर्दा कात्तिक महिना रहेको हुँदा यहाँ कात्तिक महिनाभरी मेलाको चलन प्रारम्भ भएको र त्यसैलाई व्यवस्थित गरी कोजाग्रत पूणिर्मादेखि कात्तिक शुक्ल पूणिर्मासम्म प्रत्येक वर्ष परम्पराका रुपमा निरन्तरता दिइएको पाइन्छ ।
सोही क्षेत्रका समाजसेवी शिशिरप्रसाद धितालले पनि सो स्थानमा पहिला च्याङ्गासी देवताको बसोबास भएको बताउँदै सो देवता सुनसँग सम्बन्धित भएको जानकारी दिनुभयो ।
२०३४ सालतिर जापानी अन्वेशकहरू आएर सो क्षेत्रमा सुनको उत्खनन् गर्ने बिचार गरेको भए पनि पछि सो क्षेत्र भासिने संभावना भएकाले सो काम हुन नसकेको भन्दै धितालले हाम्रा प्राचीन साश्त्रमा सुबर्णमेयरु पर्वतको ब्याख्या भएको क्षेत्र अहिलेको चोभारडाँडा नै भएको विश्वास गर्नुहुन्छ । सुख, ऐस, धन, सन्तान र मोक्ष प्राप्तिका लागि प्रसिद्ध मानिएको भए पनि सो मन्दिरको दर्शन गरिएमा कुष्ठरोगसमेत निको हुने जनविश्वास रहेको छ ।
यस सम्बन्धमा समाजसेवी धितालले २०३३ सालमा बत्तिसपुतलीका १८ वर्षे युवक कुष्ठरोग लागेकोमा नियमितरुपमा त्यहाँ आई दर्शन गरेपछि स्वास्थलाभ गरेर फर्केको आफूले देखेको भन्नुहुन्छ ।
धितालले यस मन्दिरमा प्रत्येक वर्ष एक महिने मेलाको प्रारम्भ भने लिच्छिवीकालदेखि नै भएको विश्वास गर्दै मेलाको अवधिभित्र पांँच दिन निर्जला व्रत्त बस्ने प्रचलन रहेको बताउनुहुन्छ । निकै जटिल मानिएको यो व्रत्त बस्न आउँदा पहिलाको नियमअनुसार घरका कसैलाई पनि थाह नदिई मन्दिरमा हरिबोधनी एकादशीका दिनदेखि बस्ने चलन रहेको र पछि व्रत सकिँदा पनि सम्बन्धित व्यक्तिका आफ्ना मान्छे उसलाई लिन नआएमा मन्दिरको सम्पतिबाटै उसलाई भरणपोषण गरी मन्दिरकै कार्यमा लगाइने वा कुनै इच्छुक व्यक्तिले उसलाई लान चाहेमा व्रतालु व्यक्ति इच्छुक व्यक्तिको घरमा गई कार्य गर्नुपर्ने व्यवस्था भएको धिताल बताउनुहुन्छ ।
मन्दिरको आम्दानीको स्रोतको रुपमा प्राचीन समयमा गुठीमा धेरै सम्पत्ति भएको भए पनि अहिले त्यो विभिन्न कारणले हराउँदै गएकाले आफू २०४४ सालमा प्रधानपञ्च भएपछि सोही क्षेत्रमा पर्ने हिमाल सिमेन्ट कम्पनीसँग सम्झौता गरी मन्दिरको मेला जात्रालाई निरन्तरता दिनका निमित्त वाषिर्करुपमा रु.४५ हजार दिने व्यवस्था मिलाएको भए पनि अहिले त्यो कम्पनी बन्द भएर त्यहाको साँस्कृतिलाई निरन्तरता दिन गाह्रो भएको समाजसेवी धितालले भन्नुभयो ।
अर्का स्थानीयवासी मोहनलाल मर्हजनले पनि सो मन्दिरमा कुनै बेला च्याड्रग्ा्रासी देवताको बसोबास रहेको विश्वास गर्दै अहिलेसम्म पनि त्यसबेलाको रथको जीर्ण पाङग्रा र डोरी सुरक्षित भएको जानकारी दिनुहुन्छ ।
मन्दिरमा अहिले भएको मूर्ति भेट्टाउने नन्द ग्वालाले त्यसबेला नै हालको ललितपुरमा अवस्थित टहबहालबाट शाक्य जातका पुजारीलाई त्यहाँको पुजारी बनाई नित्य पूजा आरधनालाई निरन्तरता दिन लगाएकाले अहिले पनि सोही स्थानका शाक्य जाति नै त्यहाँका मूल पुजारी रहने परम्परा रहेको छ ।
वर्तमान समयमा सो मन्दिरमा हिन्दू सम्प्रदायका धर्माबलम्बीहरूले आदिनाथलाई महादेवको रुपमा र बौद्ध सम्प्रदायका धर्माबलम्बीहरूले लोकको कल्याण गर्ने देवता लोकेश्वर मानेर आस्था र सम्मान प्रकट गर्ने गरेको महर्जन बताउनुहुन्छ ।
नेपालको इतिहासमा साँस्कृतिकरुपमा पृथक पहिचान बनाउन सफल भएको सो आदिनाथ मन्दिरलाई संरक्षणको अभाव भएकाले त्यसलाई नेपाल सरकार, सम्बन्धित नगरपालिका, इतिहासविद, पुरातत्वविदहरूले पहल गरेर जीर्णेाद्धार गरी व्यवस्थित बनाएमा त्यहाँ आउने जो कोहीका निमित्त पनि पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिने महर्जनको भनाइ छ ।
| तपाईको प्रतिक्रिया | |
|
|