|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |



विश्व सम्पदासूचीमा समावेश गरिएको भक्तपुरको चागुनारायण मन्दिर आसपासमा रहेको चागुसङ्ग्रहालय चागुनारायणवासीको मात्र नभई राष्ट्रको सम्पति बन्ने पर्खाइका रहेको छ । चागुनारायणका ५६ वर्षिय बैषणवराज श्रेष्ठले २०५७ साल जेठ १७ गते १६९ वर्ष पुरानो चार तले आफ्नो घरमा स्थापना गर्नुभएको चागुसङ्ग्रहालय नेपालकै नमुना सङ्ग्रहालयको रूपमा रहेको छ ।
नेपालको पहिलो नीजि सङग्रहालयकारूपमा स्थापना भएको सो ऐतिहासिक सङ्ग्रहालय अहिले स्वदेशी तथा विदेशी पर्यटकको चासोको विषय भए पनि प्रचार र संरक्षणको अभावमा ओझेलमा परेको छ ।
नेपालको प्राचीन एवम् ऐतिहासिक संस्कृतिको झलक दिने मात्र नभई सिङ्गो नेपालको इतिहासको केही पाटोलाई सहजै चिनाउन सकिने यो सङ्ग्रहालयबाट पुर्खौदेखिको पहिचानलाई आत्मसात गर्न सकिन्छ ।
\\\'चागुनारायण पुरानो धार्मिक एवम् पर्यटकीय महत्व बोकेको ठाँउ हो, यहाँ आउने अधिकांश स्वदेशी ताथ विदेशी पर्यटक र अनुसन्धान कै लागि आउनेहरूले समेत चागुनारायण मन्दिर ऐतिहासिक एवम् आर्थिक पक्ष बाहेकको अन्य पुरानो सामग्रीहरू हेर्न नपाएको गुनासो गर्न थालेपछि मैले सङ्ग्रहालय खोलेको हु,\\\' श्रेष्ठले बताउछन् ।
उनको घरको चारवटै तलामा सङ्ग्रहालयको ऐतिहासिक धार्मिक र पौराणिक महत्व बोकेको सामग्री तथा धेरै वर्ष पुरानो सामग्रीहरूको अवलोकन गर्न सकिन्छ ।
चागुसङ्ग्रहालयभित्र छिर्ने बित्तिकै पहिलो तलामा सयौं वर्ष पुरानो हातहतियारहरू देख्न सकिन्छ । त्यहाँ अति पुराना खुडा, खुकुरी, हसिया, तरवार, बञ्चरो, चुपी, एक हजार वर्ष पुरानो युद्धमा प्रयोग गरिएका भाला, त्रिशुल, गैडाको छालाबाट बनेको ढाललगायतका सामग्री पाइन्छ भने सँगै रहेको अर्को कोठामा विज्ञान प्रविधिसँग सम्बन्धित रक्सी पार्ने भाँडाहरू, कुटो, कोदालो, डलेठो रहेको छ । त्यस्तै बर्षौ पुरानो माछा मार्ने जाली, टोकरी, हुक्का चिलिम छ ।
सङ्ग्रहालयको दोस्रो तलाको सुरुको कोठामा पुराना साङ्गीतिक बाद्यबादनमा प्रयोग हुने बाजा, ढोल, तबला, हारमुनियम रहेको छ ।
त्यही तलाको अगाडि पटिको कोठामा चागुनारायण मन्दिर उत्पत्तिको ऐतिहासिक एवम् धार्मिक कथालाई चित्रमार्फत छर्लङ्ग पार्ने गरी भित्तामा चित्रसहित कथा राखिएको छ । सोही कोठाको तीन वटा भित्तामा लहरै काठको सिसासहितको र्žयाकभित्र पुराना सिक्का तथा आजसम्म प्रकाशित सबै नोट र पैसालाई सजाएर राखिएको छ ।
यहाँ पाँचौँ शताब्दीदेखि १३ औँ शताब्दीसम्मका बहुमूल्यका साथै हालसम्मका सिक्काहरू राखिएका छन् । मानदेवको पालामा प्रयोग भएको छालाको सिक्का, मल्लकालमा प्रयोग भएको सिक्का, माटोको सिक्का, काठमाडौँ, पाटन, भक्तपुरका मल्लराजाको पालाका सिक्काहरू र संसारका सबैभन्दा पुरानो र सानो सिक्कासमेत यो सङ्ग्रहालयमा छ ।
त्यस्तै १७६८ ए डी को फुक्का सिक्काहरू, माटोको सिक्काहरू, गिनिजबुकमा समावेश गरिएको सिक्का, चार वटा अक्षरमा राजाको नाम भएको सिक्का, नेपाल सम्बतको सिक्का, पृथ्वीनारायणको पालामा प्रचलनमा ल्याएका सिक्का, १७६८ देखि १९११ सम्मका दुर्लभ सिक्का, चाँदी र तामाको सिक्का, एक पैसा, आधा पैसा, एक दाम, चुनदामका सिक्का, विश्वका सबैभन्दा सानो सिक्का यहाँ पाइन्छ ।
सिक्कासम्बन्धी अनुसन्धान गर्नेहरूको लागि यो सङ्ग्रहालय धेरै उपयोगी हुने श्रेष्ठले दाबी गर्नुभयो ।
यहाँ लिच्छिवीकालीन नरेन्द्रदेव, मल्लराजा शिवसिंह मल्लको स्वर्ण मुहारसहितको मूर्ति भएको सिक्का, पाँचसय, एक हजार, पाँच हजार, १५ हजारको चाँदीको सिक्का, एक हजारको कुमारीको सिक्का, बीरेन्द्र गद्धी आरोहणका सिक्का, सार्क विश्वमा १९९२ को सिक्का, दीपेन्द्रको उमेर पुगेको सिक्का, सुनको असर्फी, १९५४ ताका पैसा राख्ने छालाको थैली लगायत राखिएको छ।
तेस्रो तलामा चट्याङ्ग पर्दा खसेको ढुङ्गा र बन्चरो आकारको ढुङ्गा, गौलोचन -गाईको मणी), प्राचीन शङ्ख, कछुवाको हड्डी, कस्तुरीको नाबी, गंैँडाको दात, कौवाको अक्षर, माटोले बनाएको भगवान, बिष्णुको दस अवतारको थाङ्का, धार्मिक ग्रन्थ, जयप्रकाश मल्लको रूखको पातमा लेखेको पत्र, दुर्लभ मानापाथी, चुलीपाथी, प्याङ्गपाथी, तुलो, १४० देखि २२५ वर्ष पुरानो धान लगाएको अन्न राखिएको यो कोठामा तस्विर खिच्न भने पाइदैन ।
चौथो तल्लामा भने पुरानो परम्परागत संस्कृति झल्कने भान्छा कोठा छ जहाँ ढुङ्गेधारा आकारको प्लेट राख्ने ठाउँको समेत व्यवस्था गरिएको छ । ढुङ्गाको थाली, कचौरा, पूजा कोठा, दूध दुने ढुङ्ग्रो, हाडी, नाङलो, डालोलगायतका समान राखिएको छ । त्यस्तै खाना पकाउने र भाँडा माझेर पानी तरकाउने ठाँउसमेत बनाएको छ ।
सङ्ग्रहालयमा रहेको पुराना सिक्कालगायत धेरैजसो अन्य समान आफ्नै पुर्खाले सङ्कलन गरेको र कतिपय सिक्का काठमाडौँबाट किनेर ल्याएको उहाँले बताउनुभयो । कयौँ समान छिमेकीबाट ल्याएको र चट्याङ पर्दा खस्ने ढुङ्गा धुलिखेलबाट ल्याएको उहाँले बताउनुभयो ।
सङ्ग्रहालयलाई गाविस र सरकारले कुनै सहयोग नगरेको बताउदै श्रेष्ठले सङ्ग्रहालयमा आउने विदेशी पर्यटकलाई रु.१४० र स्वदेशीलाई रु.१५ लिने गरेको छ ।
चागुनारायण मन्दिर अवलोकन गर्न आउने पर्यटकलाई गाविसले शुल्क लिन राखिएको काउण्टरमा सङ्ग्रहालयको पनि टिकट काट्ने व्यवस्था गरे अहिलेसम्म निजी रहेको राष्ट्रको महत्वपूर्ण सङ्ग्रहालयको रूपमा विकास गर्ने आफ्नो लक्ष्य पूरा हुने बताउँछन् ।
सरकारले व्यक्तिगत रूपमा सङ्ग्रहालय खोल्न पाउने या नपाउने प्रष्टरूपमा नीति नियम बनाउन नसक्दा पनि व्यक्तिगत रूपमा खोलिएको सङ्ग्रहालयहरूको विकास एवम् संरक्षणमा नकारात्मक असर परिरहेको छ ।
| तपाईको प्रतिक्रिया | |
|
|