|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


विश्वकै प्रसिद्ध पदयात्रा मार्ग अन्नपूर्ण क्षेत्रअन्तर्गतका पर्यटन व्यवसायीले पर्यटनको मूलआधार प्रकृति, संस्कृति र वातावरणको संरक्षण गर्दै पर्यटक आगमन बढाउन सङ्गठित भएका छन् ।
अन्नपूर्ण पदयात्राका पर्यटन व्यवसायीले सरकारले पूर्वतिरका पर्यटकीय गन्तव्यको बढी प्रचार गरेको र गाउँमा बसेर पर्यटनको विकासका लागि मरिमेट्ने व्यवसायीलाई नहेरेको भन्दै पूर्वाधारसँगै अन्नपूर्ण क्षेत्रमा पर्यटक बढी भित्रयाउन अन्नपूर्ण सेन्च्युरी पर्यटन व्यवसायी समिति गठन गरेका हुन् ।
\"प्रकृति, संस्कृतिको संरक्षण साथै पूर्वाधार निर्माण गरेर पर्यटक बढाउन वाषिर्क क्यालेन्डर बनाएर अघि बढ्ने सोचअनुरूप यस क्षेत्रका प्रमुख पर्यटकीय गन्तव्यका व्यवसायीसँग छलफल र कार्यक्रम सुरु गरेका छौँ,\" अन्नपूर्ण सेन्च्युरी पर्यटन व्यवसायी समितिका अध्यक्ष किसम गुरुङले भने।
म्याग्दीका शिख, घारा, नाच्र्याङ्ग कास्कीका दाङ्सिङ्, घान्द्रुक, लुम्ले, धम्पुस, माछापुच्छे्र गाविसका झन्डै ३०० पर्यटन सम्बद्ध व्यवसायी समितिमा आबद्ध छन् ।
चन्द्रकोट, धम्पुस, लान्द्रुक, वीरेठाँटी, घान्द्रुक, टाँडापानी, अन्नपूर्ण आधार शिविर, छोम्रुङ्ग, तीखेढुङ्गा, उल्लेरी, घोरेपानी, म्याग्दीको भुरुङ तातोपानीजस्ता विश्वप्रसिद्ध पदयात्रामार्गका मूलतः होटल र अन्य व्यवसायी यसमा आबद्ध छन् ।
मनाङ, मुस्ताङका व्यवसायीलाई समेट्ने लक्ष्य राखी घोरेपानी, छोम्रुङ र धम्पुसमा व्यवसायीवीच भेला, व्यवसायीका समस्या पहिचान तथा जनचेतनाका कार्यक्रम सम्पन्न गरिएको कोषाध्यक्ष कृष्ण गोैचनले बताए ।
पर्यटक हिँड्ने पुराना बाटा हराएर जथाभावी बनेका कच्ची मोटरबाटोले पर्यटकको बसाई छोट्याएको छ । गुरुङलगायत जनजातिका संस्कृति झल्कने घर, होटल मासिएर सिमेण्टको जङ्गलजस्तो बस्ती बन्न थालेका छन् । पदयात्रा बाटो असुविधाजनक छन् भने -अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना) एक्यापले उठाउने दुई हजार शुल्कबाट स्थानीयवासीले लाभ लिन नसकेको गुनासो छ ।
कतिपय पर्यटक आफैँ पानी, चिया, खाजाखाना बोकेर आउँछन् अनि दुई-चारपैसा कमाउँला भनेर सीजन कुरेर दूर गाउँमा बसेका होटलमा सस्तोमा कोठा र खाना माग्ने गर्छन् । \" हेर्दा पेसा राम्रो र कमाउनेजस्तो देखिए पनि अस्वस्थ प्रतिस्पर्धा र अस्पष्ट सरकारी नीतिले हामी ठगिएका छाँै,\" समितिअन्तर्गत धम्पुस पर्यटन इकाई अध्यक्ष दलबहादुर गुरुङ भन्छन् ।
कोठाको न्यूनतम हजार रूपैया हुनुपर्ने र गुणस्तर वृद्धिका लागि पर्यटकको न्यूनतम खर्चको सीमा सरकारले तोक्नुपर्ने उनीहरूको भनाइ छ । महँगी कति बढयो, वर्षौदेखि खानाका मेनु उही छ, कोठासमेत फ्री दिने अस्वस्थ प्रतिस्पर्धाले भाडा तिर्ने बस्ने र ठगिने मात्र भाछौ, अध्यक्ष किसम गुरुङ भन्छन् अन्यथा होटल बन्द गर्नुपर्ने हुन्छ ।
लमजुङ् वेशीसहर, मनाङ् थोराङ्पास, मुक्तिनाथ, जोमसोम हुँदै तातोपानी भएर पोखरा आउने पर्यटकलाई तीनहप्ता लाग्ने विश्वप्रसिद्ध अन्नपूर्ण पदयात्रा अहिले हप्ता दस दिनमा छोटिएको छ । म्याग्दीको वेनी मुक्तिनाथ ९१ किमी र बेँसीसहरबाट मनाङ जाने मोटरबाटो पनि लामै खनिसकिएको छ ।
पर्यटक सिधै मोटरबाटो हिँड्न थालेकाले प्रसिद्ध पर्यटकीय ग्रामीण बस्ती ओझेलमा पर्ने चिन्ता बढेको छ ।
वैकल्पिक पदयात्रा मार्ग निर्माणसँगै नेपाली पर्यटनको मूल आधार संस्कृति र प्रकृतिलाई जोगाएर हिमाली ग्रामीण क्षेत्रमा पर्यटक बढाउनु आवश्यक रहेको समितिका सल्लाहकार संस्कृतिकर्मी तीर्थ श्रेष्ठ बताउनुहुन्छ । \"राज्यले ग्रामीण पर्यटनलाई उपेक्षा गरेको छ, गाउँमा पर्यटक भित्रिँदा स्थानीय किसानका उत्पादन बिक्री भएर कमाई बढ्छ र विकास पनि बढ्छ,\" श्रेष्ठ भन्नुहुन्छ ।
पोखरा आउनेमध्ये ६० प्रतिशत पर्यटक पदयात्रामा जान्छन् । अहिलेसम्मकै सर्वाधिक सन् २००० मा ७६ हजार विदेशीले पाइला टेकेको अन्नपूर्ण क्षेत्रमा अघिल्लो वर्षको तुलनामा सन् २००७ मा ६० हजार २३७ पुग्यो ।
सबभन्दा छिटो, आनन्ददायक र सजिलो मानिएको अन्नपूर्ण सेन्च्युरी पदयात्रा क्षेत्रमध्ये घोरेपानी, घान्द्रुक र ४१ सय मिटर उचाईको अन्नपूर्ण आधार शिविर पर्यटक बढी जान्छन् ।
\"अघिल्लो वर्ष २० हजार आएकोमा यस वर्ष झन्डै ४० हजार पुगे, शान्तिपछि नेपाली पनि यो रुटमा हृवात्तै बढेका छन्,\" घोरेपानी होटल व्यवसायी समितका अध्यक्ष दमबहादुर पुन भन्छन्-पर्यटक बढाउँदै कृषकका फलफूल, तरकारी, दूधमासु, अन्नबाली प्रयोग गरेर आर्थिक जीवनस्तर उकास्छौँ । जथाभावी खोलेका बाटो व्यवस्थित गर्ने, वातावरण जोगाउने र लघुजलविद्युत बढाएर पर्यटन पूर्वाधार निर्माणमा लाग्ने पनि पुनले सुनाए ।
ट्राभल एजेन्सीमा पूर्वेलीको प्रभाव, पर्यटन बोर्डले एक्यापभन्दा एभरेस्टतिरको प्रचार बढी गर्ने र हान, टानजस्ता संस्थाको असहयोग आफूहरूले झेल्नुपरेको अध्यक्ष किसम बताउँछन् ।
\"सरकारले खर्चको न्यूनतम सीमा निर्धारण गरेर पर्यटकलाई भ्रमण अनुमति दिनुपर्छ, एक्यापले लिने शुल्कको आधा रकम गाउँमै पर्यटन पूर्वाधारमा खर्चिनुपर्छ र आकासिएको बजार भाउँसँगै होटलका मेनुको दर बढाउनुपर्छ,\" अध्यक्ष किसम गुरुङ भन्छन् ।
| तपाईको प्रतिक्रिया | |
|
|