|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


चराको चिरबिर होस् कि फूलको सुन्दरता कसलाई मन पर्दैन र । कोइलीको मधुर स्वर सुनेर मात्र पुग्दैन । न फूलको सुन्दरता हेरेर धित मर्छ मानिसको । प्रकृतिको सुन्दरता हेरेर मात्र धित नमरेपछि १८ वर्षिया सलोना रञ्जित रङ र ब्रसमार्फत क्यानभासमा तिनलाई अभिव्यक्त गर्न कस्सिएकी छिन् ।
\'कालिज होस् कि मुनाल\', \'सुनगाभा होस् कि गुलाफ\' सबैलाई क्यानभासमा टपक्क टिपेजस्तै बनाएकी छिन् सलोनाले । सगरमाथा उच्च मावि पोखरामा व्यवस्थापन विषयमा ११ कक्षा अध्ययनरत उनले चरा र फूलको शृङ्खला मात्र हैन संस्कृति, जनजीवन, हिमाल, पहाडका ल्यान्डस्केप चित्र पनि बनाएकी छिन् ।
चरा र फूलको पहिलो शृङ्खलामा १४ चरा र १५ थरी फूललाई क्यानभासमा उतारेकी छिन् । पानी र एक्रेलिक रङको पहिलो शृङ्खलालाई उनले नाम दिएकी छिन्, \'बड्स एन्ड बेड्स अफ फ्लावरस् ।\' मुनाल र कालिजबाहेक अरू सबै विदेशी चरा हुन् । फूलमा भने सुनगाभा र गुलाफको विविधतालाई उनले महत्व दिएकी छिन् ।
\'चराको चिरबिर, हाउभाउ र फूलको अद्वितीय सुन्दरताले मोहित भएकोले प्रकृतिको सिर्जनालाई कलामार्फत अभिव्यक्त गर्ने प्रयासमात्र गरेकी हुँ,\'- पारिवारिक वातावरण र अभिरुचिका कारण कलाकारितातर्फ होमिएकी सलोनाले भनिन् ।
पहिलो शृङ्खला बनाउँदा उनले चराको आवाज, रूप रङ मात्र हैन कुन देशमा पाइँन्छ, कहाँ बस्छ, देश-विदेश किन डुल्छन् भन्ने चराबारे विविध जानकारी नै दिलायो । त्यस्तै फूलबारेको बृहत् जानकारी ।
पोखरेली कलाकार पिता किरण रञ्जित र हजुरबुबा वरिष्ठ कलाकार कृष्णगोपाल रञ्जितका ल्यान्डस्केप चित्र, कला साधना र पानी रङको पाठशालाका रूपमा प्रसिद्ध पोखराको कला गतिविधिबाट सलोना चित्रकारितातर्फ आकर्षित भएकी हुन् ।
तीन दशकदेखि क्रियाशील किरण हिमाल, पहाड र जनजीवनका चित्र बढी बनाउँछन् । \'ल्यान्डस्केप र पोटे्रट मेरो रुचि हो, पेन्टिङ बेचेर मासिक ३०-३५ हजार कमाएर यसैबाट जीविकोपार्जन गर्छु । छोरीले पनि सहयोग, शिक्षा पाएकी छिन्,\'- किरण भन्छन् । कलाकार कृष्णगोपाल झन्डै पाँच दशकदेखि कलाकारितामा क्रियाशील छन् ।
बड्स एन्ड बेड्स अफ ˆलावर्स शीर्षकको यहाँ हालै सम्पन्न एकल चित्रकला प्रदर्शनीपछि पोखरेली कलाकार र कलाप्रेमीको पनि मन जितिन् उनले ।
प्रदर्शनीमा एक हजार ५०० देखि दुई ५०० मूल्यका २९ मध्ये २३ वटा चित्र बिके । \'मेरा चित्रहरू मानिस र प्रकृतिलाई नजिकबाट नियाल्ने प्रयास मात्र हुन्\'- सलोना भन्छिन् । पिता किरणले आˆना गल्ती देखाइदिने हुँदा कलामा निखार ल्याउन सलोनालाई सहयोग पुगेको छ ।
\"विषय छनोट, रङ संयोजन र सिर्जनशीलताका दृष्टिबाट सलोना पुराना पुस्ताको लागि चुनौती बनेकी छन्\"- सिर्जनशील कलाकार समूहका अध्यक्ष लोकप्रसाद गुरुङ भन्छन् ।
\'पिता र हजुरबाको सान्नध्ियमा सानै उमेरमा पानी र एक्रेलिक रङमा उत्कृष्टता देखाएकी सलोनाले अझै साधना गरेर प्रतिष्ठित हुन बाँकी छ,\' समूहका पूर्व अध्यक्ष कलाकार वृद्धि गुरुङ भन्छन् । फूल र चराको चित्र हेरेपछि कवि तीर्थ श्रेष्ठले रङ संयोजन र विषय प्रस्तुतिले सलोनाको चित्र हेर्दा इष्र्या लाग्ने मात्र हैन नयाँ पुस्ताबाट आशा गर्न सकिने बताए ।
सन् २००२ र २००७ मा पोखरेली युवा साँस्कृतिक परिवारद्वारा आयोजित सामूहिक कला प्रदर्शनीमा सानै उमेरमा सहभागी सलोनाले आठ वर्षअघि लायन्स इन्टरनेसनलले गरेको शान्ति चित्र पोस्टर प्रतियोगितामा दोस्रा भएपछि आˆनो कलाको भेउ पाएकी थिइन् । \'विद्यालयका शिक्षकले तिम्रो चित्र राम्रो छ भनेपछि म त्यसबाट हौसिएकी हुँ,\' उनले विगत सम्झँदै भनिन् ।
त्यसपछि स्थानीय प्रतियोगितामा पुरस्कार जित्दै आएकी उनले द्वन्द्वकालमा युएनडिपी र एसपिडिआईको सहयोगमा हृयूरोन नामक गैरसरकारी संस्थाद्वारा आयोजित माध्यमिक विद्यालय स्तरीय देशव्यापी प्रतियोगितामा प्रथम भईन् ।
\'बुद्धको छाँया परेको पृथ्वीबाट फूलको कोपिला उठेको र शान्तिको सन्देश छर्दै परेवा उडेको त्यो मेरो चित्र युएनडिपीले पोस्टर बनाएर प्रचारमा ल्यायो,\' चार्टर एकाउन्टेन्ट बन्ने अभिलाषा राखेपनि पढाइसँगै चित्र बनाउन नछोड्ने दृढता राख्दे सलोना भन्छिन् । समय पाउनासाथ ब्रस समातेर रङ पोत्न थाल्छिन् क्यानभासमा । एसएलसीपछि चित्र बनाउनमा बढी नै समय बित्ने गरेको छ उनको ।
| तपाईको प्रतिक्रिया | |
|
|