|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |




फरक धार, गाह्रो विधा अनि चुनौतिपूर्ण विषय अँगालेर चर्चा, लोकप्रियता र सफलता हासिल गर्दै अघि बढिरहेका परिश्रमी युवा निर्देशक मिलन चाम्सको सन्दर्भ थोरै कोट्याउने प्रयास गरिरहेको छु।
ब्रिटिश सेनाका जागिरे अनि आफ्नो जागिरबाट उब्रेको थोरै समयलाई सदुपयोग गर्दै सिर्जना गर्छन्, कथा लेख्छन्, कन्सेप्ट तयार बनाउछन् र सुटिङका निम्ति लोकेसन र कलाकारको खोजी गर्छन् । अरु लाहुरे साथीहरुभन्दा विलकुल फरक जीवन बाँचिरहेका थोरै लाहुरेहरुबीचमा सफल युवा सर्जक हुन् उनी ।
सानैदेखिको कलाप्रतिको लगाव र रुचीलाई निरन्तरता दिन थालेको पनि ६/७ वर्ष बितिसकेछ । यसबीचमा नेपाली सिने क्षेत्रका चर्चित नायक धिरेन शाक्य, सुरवीर पण्डित, गोपाल भूटानी, विवेकजङ्ग बस्नेत, नायिका मेलिना मानन्धर, भिन्तुना जोशी, नम्रता श्रेष्ठ, मुना कार्कीजस्ता कलाकारहरुलाई अभिनय गराइसकेका छन् । राजेश पायल राई, मौसमी गुरुङ, उदय-मनिला सोताङदेखि उदितनारायण र साधना सरगमजस्ता साँगीतिक क्षेत्रका हस्तीहरुका गीतहरुको म्युजिक भिडियो निर्देशन गर्न भ्याइसकेका चाम्सले चलचित्रसम्बन्धी प्राविधिक ज्ञान हासिल गर्नका लागि पनि समय र आर्थिक लगानी गरिरहेका छन् ।
लण्डन फिल्म एकेडेमीबाट उच्च शिक्षाको अध्ययन पनि अघि बढाइरहेका छन् उनले । सम्भवतः युकेका व्यवस्थित र व्यवसायिक निर्देशकमध्येका अगुवा भन्दा फरक पर्दैन उनलाई । हुन त यो क्षेत्रमा अन्य व्यक्तिहरु नभएका होइनन् तर सम्पूर्ण सामग्री र आवश्यकीय उपकरणसहित \'चाम्स फिल्म्स प्रोडक्सन\' कम्पनी दर्ता गरिसकेकाले कानुनी रुपमा फिल्म बनाउनेसम्बन्धी बैधानिक व्यवसायको प्रमाणपत्र प्राप्त उनलाई निर्धक्क रुपमा व्यवसाय अघि बढाउने बाटो खुला छ ।
चाम्स फिल्म्सको पहिलो प्रस्तुतीका रुपमा भर्खरै मात्र नेपाली कथानक चलचित्र \'पश्चाताप\' को निर्देशन गरिसकेका चाम्सले केही समयअघि मात्रै पहिलो पटक युकेबाट आफ्नो पहिलो फिल्मको प्रिमियर गरेका छन् ।
महंगो क्यामेरालगायत लाखौं रुपैयाँ खर्च गरेर उपकरणलगायत अन्य आवश्यकीय सामग्री जोडिसकेका छन् उनले । नेपाली चलचित्रको विकासका निम्ति नयाँ सोच, नयाँ प्रविधि र अर्काको नक्कल नगरी मौलिकतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिदै नेपालको मनोरम सुन्दरता र विविध साँस्कृतिक विषयवस्तुहरु समेट्न सके विश्वलाई नै नेपाली सिनेमाको बजार बनाउन सकिने र्तक उनको छ।
युकेमा दक्ष कलाकार, प्राविधिक र जनशक्तिको अभावका कारण सोचेजस्तो परिणाम हासिल गर्न धेरै गाह्रो हुने दुखेसो उनको छ । \'अवश्य एक दिन यहाँ पनि नेपाली कलाकारहरु व्यवसायिक रुपमै कलालाई व्यवसाय बनाएर ढुक्कसँग बाँच्न सक्ने दिन आउनेछ\' उनी आशावादिता व्यक्त गर्छन ।
फुर्सद भन्ने एक छिन हुँदैन, समय अभावका कारण खाना बेलामा खान नभ्याएका कारण केही वर्षअघि एपेन्डिक्सको अपरेशन गर्नु परेको घटना ताजै रहेको भुल्दैनन् र पनि समय नमिलेर कामकै कारण धेरैजासे समय भोकै काम गर्नुपर्ने धेरै अनुभव भएकाले भोकलाई प्राथमिकता नदिने ठट्टा गर्छन् चाम्स । \'आफ्नो भाषा, कला, संगीत र समग्र देशको निम्ति म आफ्नो विवेक र शक्तिले भ्याएसम्म सदा मेहनतका साथ डटेर काम गरिरहनेछु\' उनीस् अठोटका साथ बाचा गर्छन् ।
उनको लगाव र मेहनतलाई हेर्दा उनले गरेको बाचा पुरा हुने कुरामा कुनै शंका छैन । अहिलेको परिप्रेक्ष्यमा नयाँ उमङ्ग, सीप र जाँगरका साथ अघि बढिरहेका चर्चित सफल युवा निर्देशक मिलन चाम्सलाई अझ सफलता र प्रगतिको कामनासहित सलाम !!!
Dai
D. Rai
farnborough