|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


रसुवाको उच्च हिमशिखर निलाद्री पहाडको खोचमा विराजमान रहनु भएका भगवान शङ्कर गोसाईबाबाको दर्शनार्थ विशेष पर्वअन्तर्गत ठूलो सङ्ख्यका भक्तजनहरुले मेला भर्ने भएका छन् ।पुत्रदाएकादशीदेखि सुरु हुने गोसाईकुण्डको विशेषपर्व यस वर्षको साउन शुक्लपूर्णिमा २८ देखि ३२ गते रक्षाबन्धनको दिनसम्म भव्य मेला लाग्ने गर्दछ ।
पौराणिकथन अनुसार समुद्रमन्थनपश्चात निस्केको प्राणी जलाउने कालकुट विष व्यवस्थापनका लागि भगवान शङ्करले सेवन गर्नु हुँदा पानीको खोजीमा हिमशिखर पुगी आफैले उत्पन्न गराएको जलबाट बनेको निलकण्ठ दहमा विराजमान रहनु भएको र प्राणीजगत्को रक्षा गर्ने दयालु भगवान भएका कारण उहाँको दर्शनले आफ्नो मनोकांक्षा पूरा हुने विश्वासका साथ बर्सेनी हजारौँ हजारका सङ्ख्यामा भक्तजनहरु गोसाईकण्ड जाने गर्दछन् ।
समुद्रीसतहदेखि १४ हजार फिटको उचाईमा अवस्थित धार्मिक, ऐतिहासिक, पर्यटकीय पवित्र तीर्थस्थल गोसाईकुण्ड चारधाममध्ये एकधामको रुपमा लिने गरिन्छ । पुत्रदा एकादशीको दिन पूजा गर्नाले पुत्र लाभ हुने र शुक्लपूणिर्मा अर्थात रक्षाबन्धनको दिन स्नान र पूजा आरधना गर्नाले आफ्नो मनकांक्षा पूरा हुने जनश्रुर्ति रहिआएको छ ।
गोसाईकण्ड पुग्न नसक्ने भक्तजनहरु महादेवले त्रिशुल रोपी उत्पन्न गराएको जलबाट बनेकी त्रिशुलीनदी किनार अर्थात मुख्यतया उत्तरगया बेत्रावती, देवीघाट, देउघाटलगायतका पवित्र स्थानमा स्नान गरी पुत्रीको सम्झनामा तपर्ण दिई रक्षाबन्धन लगाउने चलन रहिआएको छ ।
मेलाको व्यवस्थापन :
गोसाईकुण्ड क्षेत्र व्यवस्थापन विकास समितिले यात्रुहरुलाई सबै प्रकारका आधारभूत सेवा प्रदानका लागि सम्पूर्ण तयारी पूरा गराई सकेको अध्यक्ष सञ्जीव डिएमले जानकारी दिनुभएको छ भने विभिन्न सामाजिक सङ्घसंस्थाले पनि यात्रुहरुलाई सेवा प्रदान गर्ने बताइएको छ ।
बसोबास र खानपिनको व्यवस्था :
यात्रुको सम्भावित चापलाई दृष्टिगत गरी गोसाईकुण्ड क्षेत्र विकास समितिले पाटीहरुको संरक्षण अस्थाई छाप्रो निर्माण गर्न लगाएको छ भने निकुञ्जको अनुमतिमा सञ्चालित निजी होटलहरुको समेत स्तरवृद्धि गराई खानपिन तथा बासस्थानको दरभाउसमेत निर्धारण गरिसकिएको सो समितिका सचिव राजु तितुङ बताउनुहुन्छ ।
गोसाईकण्ड जानुपूर्व अपनाउनुपर्ने सावधानी :
गोसाईकुण्ड जानुपूर्व अप्नाउनुपर्ने शास्त्रीय विधिका कार्य पूरा गर्न नसकिएता पनि शारीरिक जीवनका लागि लेकाली प्रदेशमा हिँड्दा लसुन, कागती, गुल्कोज, बोतलमा पानी, बाक्लो लगाउने कपडा, कम्तिमा दुईगोटा प्लास्टिक, एकगोटा कम्बल र हलुवा तयारी घिउचिउरा तिलको अचार साथमा लिई थोरथोरै सेवन गर्दै जान अनिवार्य छ लौरीविनायकमा फूलको गन्धले टाउको दुख्ने वाकवाक लाग्ने आत्मग्लानी हुने लक्षण कागतीको रस र लसुनको सन्चो गराउँछ ।
प्राथमिक उपचारको व्यवस्था :
लेक लागि बिरामी परेका यात्रुलाई चन्दनबारी र चोलाङ पार्टीमा नेपाली सेना दुर्गाबक्स गणले र लौरीविनायकमा जिल्ला स्वास्थ्य कार्यालयको साथै गोसाईकण्डमा हिमालय उद्धार सङ्घले चिकित्सक सहितको स्वास्थ्य शिविर राखी उपचार गर्ने जानकारी दिइएको छ भने जटिल बिरामीलाई स्ट्रेचरमा राखी सेनाले उद्धार गर्ने छ ।
शान्तिसुरक्षाको व्यवस्था :
पचारदेखि साठी हजारको हाराहारीमा भक्तजनहरु गोसाईकुण्ड पुग्ने लक्ष्यअनुरुप कुण्डमा अस्थायी प्रहरी शिविर खडा भइसकेको छ भने हरेक यात्रुलाई आइपर्ने समस्या समाधान गर्न स्थानीय प्रशासनलगायत सुरक्षा निकाय तयार रहेको हुँदा यात्रा गर्ने यात्रुहरुले निर्धक्क साथ गोसाईकुण्ड जान सम्पूर्ण यात्रुलाई रसुवाका प्रजिअ उद्धवबहादुर थापाले आग्रह गर्नुभएको छ ।
यातायातको व्यवस्था:
काठमाडौँबाट एकदिन मोटरमा धुञ्चे र दोस्रो दिन गोसाईकण्ड पुग्न सकिने भएतापनि मूलखर्कको र राम्चेको पैह्रोले गर्दा तीन दिन समयावधि लाग्न सक्ने बताइएता पनि डिभिजन सडक कार्यालयले भने उपकरणको सहायताले सडक खुलाउने प्रयास भइरहेको बताइएको छ ।
| तपाईको प्रतिक्रिया | |
|
|