|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


बारा जिल्ला बरियारपुर गाउँ विकास समितिमा अवस्थित गढीमाई मन्दिरमा पंचवर्षीय मेला लागेको छ । पशु बलिदानको दृष्टिले विश्वको सर्वश्रेष्ठ एवं प्रसिद्ध गढीमाइ मेलामा हुने बलिदानको यसपालि विभिन्न धार्मिक संस्था र धार्मिक व्यक्तिहरूले तीब्र विरोध गरीरहेका छन् ।
कसैलाई बलिदान गर्ने अधिकार छ भने कसैलाई बलिदानको विरोध गर्ने अधिकार पनि छ । पशु बलि दान गर्ने, नगर्ने सम्बन्धमा धार्मिक स्वतन्त्रता र आस्था कारण कुनै पनि व्यक्तिको आत्मनिर्णयको अधिकार हो । हिंसा गर्नु अवश्य पनि राम्रो होइन तर युगौयुगदेखि चल्दै आएको प्रथा र परम्परा कसैको विरोधका कारण बन्द हुन सक्दैन ।
एक महिनासम्म लाग्ने विश्व प्रसिद्ध गढीमाइ मेला गत कार्तिक २५ गतेबाट सुरू भएको छ । कलैयाबाट ८ किमी उत्तरपूर्वमा अवस्थित गढीमाइमा पाँच वर्षपछि मंसिर ९ गते मंगलवार, सप्तमीका दिन १० हजार भन्दा बढी रांगा काट्ने संभावना छ । मंसिर १० गते ५ लाख भन्दा बढी बोका, हाँस, कुखुराको बलिदान हुने र एक करोड नरनारीले मेला भर्ने अनुमान मेला समितिको छ । गढीमाइमा विश्वकै दर्शनार्थी धेरथोरले पाइला टेकेका छन् । मेलामा नेपाल र भारतका अपार दर्शनार्थी सम्मिलित हुने छन् ।
पंचवर्षीय गढीमाइ मेलाको प्रमुख विशेषता भनेकै पशु बलिदान हो । पशु बलिदान नगर्नेले गढीमाइमा परेवा चढाउने, पशु छाड्ने, नरिवल चढाउने गर्दछन् । यसपालिको पंचवषर्ीय मेला गढीमाइमा पशु बलि नगर्ने बौद्ध भिक्षु, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, कृष्णा प्रणामी केन्द्र,क्रिश्चियन मेशिनरी लगायतले आग्रह गरेका छन् । पशु बलि गर्न नदिन दबाब र विरोध सुरू भएको छ । बलिदान कुनै पनि हालतमा रोक्न नसक्ने जवाफ गढीमाइका पूजारी र मेला आयोजक समितिले बताएका छन् । बलि प्रथाको हिमायतीहरू बलि प्रथाको विरोध गर्ने कुरा सुन्नेवाला छैनन् । शान्ति र अहिंसाको लागि गढीमाइ पूजामा पशुवली नचढाऔं भन्ने पोष्टर व्यापक रूपमा टांसिएको र पर्चा व्यापक रूपमा वितरण गरिएको छ । पर्चा पढे पनि टाँसिएको पोष्टर हेरे पनि पशुबलि गर्नेहरूको मन परिवर्तन भएको पाइदैन ।
प्राचीन एवं ऐतिहासिक स्थल गढीमाइ मन्दिरमा मंसिर महिनाको सप्तमी र अष्टमी तिथिका दिन परापूर्वकालदेखि चल्दै आएको पशु बलिदान असंख्य रूपमा हुँदैछ । हिजोआज मानव समाज र राष्ट्रको कल्याण बलि प्रथाले भइरहेको थियो आज धार्मिक स्वतन्त्रताको कारण बलिप्रथा नरूचाउनेहरूले सशक्त विरोध गर्ने अवसर पाएका छन् । जबसम्म बलिप्रथा प्रति आस्थावानहरूको मन परिवर्तन भइ अहिंसाको बाटो हिंड्न चाहदैनन् तबसम्म बलिप्रथा रोकिदैन ।
बलि प्रथालाई नेपाल सरकारले कानून बनाएर निषेध गरेको छैन । हिन्दू धर्मले देवदेवताको मन्दिरमा बलिप्रथा गर्नमा अस्वीकृत गरेको छैन । हिन्दू धर्मावलम्बी नेपाली जनताहरूको बलि प्रथा प्रति ठूलो झुकाव र आस्था छ । देवीदेवतालाई बलि चढाए मनोकामना पूरा हुने अटल विश्वास छ ।
बलि भनेको देवीदेवतालाई अर्पिय भोग्य वस्तु नैवेद्य हो । देवीेवतालाई भोग दिइने पशुपंक्षी र पेच महायज्ञ मध्ये एक भूत यज्ञलाई बलि भनिन्छ । बलिदान भन्नाले देवदेवताको नाममा गरिने पशुपंक्षीको वध, पशुबलि दिने काम हो । देवदेवतालाई चढाइने उद्दश्यले छोडिने वा काटिने कामलाई पशुभोग भनिन्छ । बलि प्रथा भनेको कुलायन वा देवदेवतालाई बलि दिने चलन र देवदेवताका नाममा पशु वध गरिने परम्परा हो । यो प्रथालाई आधुनिक युगमा अन्धविश्वास मानेतापनि मनुष्यहरूको आस्था रहुन्जेल यो प्रथा हटाउन निकै मुस्किल पर्दछ । गढीमाइ बलि प्रथाको विरोध केवल दुस्साहस मात्र हो । गढीमाइका भक्तजन दर्शनार्थीहरूले इच्छापूर्वक नगरिएको, अवाञ्छित काम नभएको र दर्शनार्थीहरूका ऐच्छिक भएको बलि प्रथा युगौयुगदेखि चल्दै आएको र गढीमाइको मन्दिर बरियारपुरमा प्रचलित भएभन्दा विपरित आचरण भएको अनैतिक कार्यका रूपमा बलिप्रथालाई लिनु हुँदैन । धार्मिक नीति अनुकूल युगौयुगदेखि चल्दै आएको समाजको स्वीकृत मूल्य, मान्यता र प्रथालाई थोरै मानिसको विरोधले अवश्य पनि रोक्न सकिदैन । विरोधका नाममा अशान्ति र विखण्डा मच्चाउने काम कसैले कहिकतैबाट गर्नु हँुंदैन । अप्राकृतिक, अवैज्ञानिक, अनैसर्गिक, अस्वभाविक विषय होइन बलि प्रथा । गढीमाइमा पंचबलि होइन सप्तबलि गरिन्छ । पंचबलि भनेको कुनै किसिमको भाकल पूरा गर्नका निम्ति देव देवतालाई दिइने पाँच जातका पशुपंक्षीहरूको बलिदान हो । बौद्ध धर्मले बौद्ध उपाशकहरूलाई पाँच नियम पालना गर्न आग्रह गरेको छ । पंचशीलतामा हिंसा नगर्नु, चोरी नगर्नु, झूटो नबोल्नु, रक्सी आदि नखानु, ब्रम्हचर्यमा रहनु भनिएको छ । यो प्रचार गढीमाइमा आएर भिक्षु रामदेव बम्जनले गर्न सक्दछन् ।
parampara bhandaima tyo 4 bigha jamin ragatle bhijeko ramro lagchha ?
to jasta gorule garda manchheko ragat katibagyo hishabchhha tosanga ?
limet to evry thing ..gadha ,to chai pasuhoho .