|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


सन्तानको दीर्घायू हुने विश्वासका साथ मैथिल र थारू समुदायका सन्तान प्राप्त गरेकी महिलाहरू श्रद्धापूर्वक जितिया पर्वको तयारीमा जुटेका छन्।
बिहीबारदेखि विधिवत रूपमा पर्व सुरु भई शुक्रबारको दिन र रातका साथै शनिबार अपराहृन ५ बजेसम्म अर्थात ३६ घण्टासम्म निराहार बर्तमा बसेपछि यो पर्व सम्पन्न हुन्छ ।
आश्विन कृष्णपक्षको अष्टमी तिथिभरि निराहार बर्तमा रहनुपर्ने र नवमी तिथिको प्रवेश भएपछि मात्र जितिया पर्व पूरा हुने नियम रहेको छ ।
यसपटक तिथिको समयमा हेरफेर भएका कारण बर्तालुहरूलाई ३६ घण्टासम्म निराहार बर्तमा बस्नुपर्ने भएको छ । गतवर्ष २८ घण्टा मात्र उपवासमा बस्नु परेको थियो ।
यसपर्वको अवधिभरि थुक पनि निल्न नहुने र ३६ घण्टासम्म निराहार उपवास ब्रतमा बस्नुपर्ने साथै बर्तलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यो बर्तलाई कठोर बर्तको रूपमा लिइएको हो ।
आश्विन कृष्णसप्तमी तिथि अर्थात बिहीबारका दिन बर्तालु महिलाहरूले कोदोको रोटी र माछा खानुपर्ने नियम रहेको छ भने विधवा महिलाहरू अरुवा-अरुवाइन खाने गर्छन् ।
यसअघि बर्तालुहरूले नजिकको पोखरीमा स्नान गरी घिरांैलाको पातमा पिना र तेल राखेर जिमूतवाहन देवतालाई चढाई पूजापाठ गर्छन् ।
यसपछि, घर पुगेर जिमूतवाहन देवता, चिल र स्याललाई प्रसाद चढाउने गर्छन् । वर्तालु ब्राहृमणीले पितरपक्ष परेकोले दिवङ्गत सासू, आमा, हजुरआमा, काकीलगायतको नाउँमा च्यूरा-दही, मिठाईलगायतका प्रसाद चढाउने गर्छन् ।
सासु र आमाको आत्माको शान्ति हुने विश्वासका साथ उनीहरूको नाममा अन्य गोत्रका ब्राहृमणीलाई निम्तो दिई भोजन गराउनुपर्ने परम्परा पनि रही आएको छ । भोजन गर्ने ब्राहृमणीलाई पितराइन भन्ने गरिन्छ ।
व्रतको समय पूरा भएपछि एक अन्य गोत्रको ब्राहृमणलाई निम्तो दिएर भोजन गराएर मात्र आफू भोजन गर्ने नियम पनि रहेको छ ।
जितियामा ओटघन
सप्तमी तिथिको रातमा बर्तालु महिलाले मध्यरात्रिमा उठेर गर्ने भोजनलाई \'ओटघन\' भनिन्छ । यसअवसरमा बर्तालुका साथै छोराछोरी नातिनातिनासहित बसेर \'ओटघन\' गर्ने चलन रहेको छ । ओटघन क्रममा खासगरी च्युरा,दही, केराका साथै मिठाई खाने चलन छ । त्यो खाएर उठेपछि फेरि पानी वा केही खान पाइदैन । बर्त शुभारम्भ भएको मानिन्छ । रातभरि सप्तमी तिथि परेमा मात्र ओटघनको संयोग बन्छ नत्र बिना ओटघनकै बर्त सुरु गर्नुपर्छ ।
जिमूतवाहनको पूजा
कृष्णअष्टमीका दिन बर्तालुहरूले नजिकको पोखरी, तलाउमा स्नान गरी भगवान सूर्यलाई अर्घ अर्पण गर्छन् । त्यसपछि बर्तको सङ्कल्प गर्छन र घरमा आएर डाली भर्ने गरिन्छ । डालीमा नरिवल, काँक्रो, स्याउ, केरालगायतका फलफूल राखेर नयाँ कपडाले छोपिन्छ ।
मध्याहृनतिर टोलभरिका महिलाहरूले एकठाउँमा भेला भएर जिमूतवाहन बर्तको महत्व, पर्वको शुभारम्भ, जिमूतवाहन देउताको बारेमा एउटी बर्तालु महिलाले कथावाचन गर्छिन र सबैले कथा श्रवण गरेपछि आ-आफ्ना घर फर्किन्छन् ।
साँझतिर आँगनलाई गाईको गोबरले लिपपोत गरेर एउटा सानो खाल्डो खनेर पोखरीको निर्माण गरिन्छ । त्यो पोखरीको डिलमा पाकडी रूखको सानो हाँगा गाड्नुका साथै हाँगामा माटोको चिलको आकृति बनाउँछ र हाँगामुनि स्यालको आकृति बनाउँछ । त्यहा जलले भरिएको कलशमा कुशको जिमूतवाहनको मूर्ति राखिन्छ र फलफूल लिएर जिमूतवाहनको बर्तालु महिलाले पूजापाठ गर्छन् ।
जिमूतवाहन को हुन ?
भविष्यपुराणमा वर्णन गरेअनुसार शालिवाहन राजाको पुत्र जिमूतवाहन थिए । उनीमाथि महादेवको असिमकृपा रहेकाले नियमनिष्ठाले बर्त गर्ने महिलालाई सन्तान दीर्घायू हुने वरदान भगवान्बाट प्राप्त गरेका थिए ।
चिल र स्यालको पनि पूजा
हिन्दूधर्मको विभिन्न पर्वहरूमा कतिपय चरा र जनावरलाई विषेश महत्व दिएर पूजा गरेर सम्मान दिने परम्परा रहेको छ । सोअनुरूप गाई, परेवा, काग, कुकुर, हाँस, बाघ, मुसोलगायतका जनावरहरूको पूजा गरिन्छ भने जितिया पर्वमा चिल र स्यालको पूजा गर्नुपर्ने हुन्छ ।
जितिया पर्व कथा
कनकावती नगरको मध्यभागस्थित नर्मदा नदीको डिलमा पाकरीको रूखको फेदमा स्याल बस्थ्यो भने हाँगामा चिल । दुईटैको बीचमा घनिष्ठ मित्रता थियो । एक दिन जितिया पर्व मनाउने महिलाहरू नर्मदा नदीमा स्नान गरी त्यही रूखको फेदमा बसेर जिमूतवाहन देवतालाई प्रसाद चढाएर कथावाचन गरेका थिए ।
बर्तालु महिलाहरूको कथा सुनेर चिल र स्याललाई पनि जितिया बर्त गर्ने इच्छा जागृत भयो । दुइटैले सल्लाह गरी बर्तमा बस्ने निधो गरे ।
सोही रात्रि नर्मदा नदीको डिलमा एक व्यापारीको छोराको दाहसंस्कार गरियो । मृतकका आफन्तले शवको अधिकाँश भाग जलेपछि छोडेर घर फर्के ।
उनीहरू फर्केर गएको देखेर स्याललाई मृतकको मासु खाने इच्छा जाग्यो र साथी चिललाई थाहै नदिई मासु पनि खायो र केही लुकाएर पनि राखेको चिलले हेरिरहेको थियो ।
दुवैको जन्म भास्कर नामक ब्राहृमणको घरमा भयो । पूर्वजन्ममा चिलको शिलावती र स्यालको कर्पूरावतीको रूपमा जन्म भयो । जेठी शिलावतीको विवाह धनमानको घरमा र कर्पूरावतीको राजाको घरमा । जेठी शिलावतीका सात छोरा भए तर महारानी भएकी कर्पूरावतीको छोरा जन्मियो तर मृत्यु भयो ।
बर्षौपछि दुवैको सम्बन्ध चिसिँदै गएपछि जेठी शिलावतीले आफ्नी बहिनीलाई पूर्वको घटना स्मरण गराउँदै बर्त भङ्ग गरेको कारण यस जन्ममा तिम्रो सन्तानको मृत्यु भएको भनी जानकारी गराएको धार्मिकपुस्तकमा उल्लेख गरिएको छ ।
त्यसै कारणले यो बर्त जति कठोर भए पनि बर्तलाई कसैले खण्डित गर्न चाँहदैन्न ।
| तपाईको प्रतिक्रिया | |
|
|