|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


मान्छेको मृत्युपछि उनीहरूको नाममा सम्झनाका लागि आफ्ना परिवारले ढुङ्गामा ठूलाठूला अक्षरले लेख्ने गरेका अभिलेख पूर्वी नेपालको किरात राईका बस्तीहरूमा आजभन्दा तीनसय वर्ष पहिलाका समेत चौताराहरू अझै देख्न पाइन्छ ।
किरात राईहरू जब कालगतिले मर्छन् अनिमात्र उनीहरूका नाममा श्राद्धान्जलिस्वरूप ढुङ्गामा लेख्ने चलन छ । तर दुर्घटनावस मृत्यु भएमा वा मृत्यु हुने बेला चोटपटक र रगत बगेमा उसको नाममा यस्ता चौतारा बनाइदैन र ढुङ्गामा लेखिदैन ।
कालगतिले मृत्यु भएको वर्ष, नाम, ठेगाना, उमेर, जन्ममिति र परिवारका के के नाता पर्ने अनि कसकसले बनाई दिएको भन्ने ढुङ्गामा ठूलाठूला अक्षरहरूले कुँदेर लेखिएको यो शिलालेखलाई किरात राईहरूले चौतारा भन्ने गरेका छन् ।
ढुङ्गामा यसरी लेख्ने चलन कहिलेदेखि चलेको भन्ने बारे एकिन हुन नसके पनि जब राई समुदाय लेख्न र पढ्न सक्ने भयो । त्यस बेलादेखि नै यो चौतारोको चलन चली आएको हो भन्नु हुन्छ खोटाङ बाम्राङ गाविस वडा नं. ५ का बयोबृद्ध सन्तबहादुर राई ।
राई भन्नुहुन्छ \'मेरो ख्यालमा यो चौतारामा लेख्ने चलन पहिलो विश्व युद्धभन्दा अघिदेखिनै चलेर आएको हो र हामी राईहरू यो क्षेत्रमा बसोबास गर्न थालेपछि नै किरात राईहरू बसोबास गर्ने क्षेत्रहरूमा चौतारा बनाउन सुरु गरिएको हो ।\'
यो चौतारा गाउँघरमै पाइने बलियो र चिल्लो ढुङ्गाहरू खोजेर आकर्षक रूप दिएर फलामको तिखो किला -काँटी) बनाएर धेरै वर्षसम्म अक्षर नहराओस् भनी गहिरो बनाएर अक्षरहरू कुँदिएको हुन्छ ।
यसरी अक्षर लेखिएको ढुङ्गालाई स्थानीयहरूले किताब ढुङ्गा भन्ने चलन रहेको छ । खोटाङ जिल्लाको बाम्राङ गाविस वड नं. ५ को सामातुङको सदरमुकाम दिक्तेल जाने बाटोमा पनि २०४७ सालमा लेखिएको यस्तो किताब ढुङ्गा देख्न सकिन्छ ।
यो चौतारा नजिक पानी खाने एउटा धारा र माथिबाट बुढो बरपिपल रहेको छ ।
यस्ता चौताराहरू राई किरातहरू बोसाबास गर्ने नेपालको पूर्वी जिल्ला खोटाङ, भोजपुर, ओखलढुङ्गा, सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, धनकुटा, पाँचथर, ताप्लेजुङ, इलाम, उदयपुर आदिमा बढी पाइन्छन् ।
राणाहरूले सर्वसाधरणलाई पढ्न लेख्नबाट वञ्चित गरेको बेलाभन्दा अघिदेखि नै बनाउने चलन रहेकोले यो धेरै वर्ष पुरानो हुन सक्ने सन्तबहादुर राईको अनुमान रहेको छ ।
त्यसैले यस्ता चौताराहरू तीनसय वर्षभन्दा पहिलेको पनि हुन सक्ने सम्भावना रहेको उहाँ बताउनुहुन्छ । खोटाङ जिल्लाको बाम्राङ गाविस राईहरूको ऐतिहासिक थलो भएकाले त्यस गाविसमा धेरै पुराना चौताराहरू देख्न पाइन्छन् ।
त्यस गाउँमा वि.सं. १९१८ देखि निर्मित धेरै चौताराहरू देख्न पाइन्छन् तर धेरै पुरानो भएका कारण अक्षरहरू त्यति राम्रो देख्न सकिदैन । त्यस कारण कसको नाममा र कहिले कहिले बनाइएको भन्ने त्यति प्रष्ट देखिदैन ।
यस्ता चौताराहरू यस गाविसमा मात्र नभएर जिल्लाका अन्य गाविसहरू र राई किरात भएका जिल्लाहरूमा धेरै पुराना पनि पाइने सम्भावना रहेको छ ।
चौताराहरूको आसपासमा बरपिपल रोप्ने र बाटोको भित्तातर्फ किताब ढुङ्गालाई चटक्क सजाएर बलियो बनाएर टाँसिएको हुन्छ भने त्यसको छेउमा काठ वा ढुङ्गाको बस्ने ठाँउ फलैचा वा ठाँटी बनाइएको हुन्छ । त्यस ठाँटीमा यात्रुहरू थकाई मार्ने हुनाले मरेर गएका मानिसहरूका आत्माले शान्ति पाउँछ भन्ने विश्वास रहेको छ ।
अहिले स्थानीयवासीहरूले चौताराका जग्गा मिच्ने गरेकाले कतिपय किताब ढुङ्गाहरू बाटोमा अलपत्र भएर लडिरहेको पनि भेटिने हुँदा यसरी लोप हुन लागेकोमा चिन्ता व्यक्त गर्दै यस्ता ऐतिहासिक महत्वका संस्कृतिहरूलाई सबैले संरक्षण गरिनु पर्दछ भन्छन् वयोवृद्धहरू ।
अहिले कडा ढुङ्गाहरू नपाइने र आर्कषक बनाउनका लागि काठमा कुँदेर र आधुनिक घर बनाउँदा प्रयोग गरिने मार्बलसमेतमा यस्ता अक्षरहरू बनाइने चलन रहेको छ । यस्ता चौतारीहरूमा अहिले किरात राईहरूको आफ्नै लिपिमा पनि अक्षरहरू लेख्ने गरिएको छ ।
यसरी चौताराहरूमा किरातीहरूको आफ्नै लिपिमा लेखिएमा लिपिको संरक्षण हुने बताउनुहुन्छ कमलबहादुर राई । उहाँ यस्ता पुरातात्विक महत्वका सम्पत्तिहरूलाई सम्बन्धित निकायहरूले पनि संरक्षण गरे देशको सम्पत्तिको रूपमा महत्व पाउने थियो भन्नुहुन्छ ।
| तपाईको प्रतिक्रिया |
| chautara banaune chalan raima matra nabhaera limbu tyastai tamang sherpa jaati haruma pani rahadai aaeko chha ra yo lekhna padna jaanne hunu agadi chalan bhaeko hunu parchha mathi ullekhit khotang sader mukaam jaane batoma 2047 ko chautara dekhna sakinchha bhannu hijo astiko naya kura ho tyaha derai purana chautara haru bhetinchhan . yo kina purano chalan ho bhanna sakinchha bhane chaudhau kirati raja jite dastiko palaama lumbinima lekheko silalekh painchha . |
| sejong|07-Sep-2009 12:28:21 |
| तपाईको प्रतिक्रिया | |
|
|