|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |



संयोग नै भनूँ,
तिमीसँगको पहिलो भेटमै-
तिमीले मलाई बसान्त हुनु भनेकी थियौं ।
बसन्तको पर्याय-
मलाई काफल र कोइली मनपरे पनि,
राताम्मे गुराँसे पाखाले मन छोए पनि,
वर्षाऋतु मन पर्नुमा-
मेरै कमजोरी हुन सक्थ्यो ।
हामीबीचको अन्तर यति नै थियो -
काफल पाक्नु र वैश फुल्नुजस्तै ।
कोइली बोल्नु र बसन्त फल्नुजस्तै ।
त्यस्तै त्यस्ता सम्झनाहरुको ताँतीमा-
मलाई मनपर्ने मनसुनहरु थाती राखेर-
मलाई मनपर्ने बादलका रातहरु छोडेर,
एक दिन मैले एकाएक तिमी मै समाहित हुने गरी,
बसन्तको पर्याय तिमीसँगै सम्झौता गरे,
त्यति खेर मलाई -
मेरो मायाको पराजय भन्दा पनि-
तिम्रो सम्मोहनको विजयले तान्यो ।
बश्सन्त त निकै मापाको हुँदोरहेछ ,
माया गर्न मान्छेहरुलाई-
बसन्त त निकै बलशाली हुँदोरहेछ,
मन चोर्न मान्छेहरुलाई ।
एक दिन त उसले सुटुक्क भन्यो-
मेरो सिर्जनामा झुक्न सक्ने कवि,
एक पटक आफै बसन्त हुन सिक त !
| तपाईको प्रतिक्रिया | |
|
|