|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


सासुले देख्छिन् नि जागिरे बुहारी
नन्दलाई सहयोग गर्दिएस्
ससुरा देख्छन् नि जागिर बुहारी
देवरलाई घडेरी किन्दिएस्
लोग्नले भन्छन् नि जागिर पत्नी
ऋण घटाउने गर्दिएस्
छोराले भन्छन् नि जागिरे ममी
ल्यापटप मलाई किन्दिएस्
देवरले भन्छन् नि जागिरे भाउजू
बेहोरा गर्न गाह्रो भो
बाबुआमा भन्छन् नि जागिरे छोरी
बुढेसकाल हाम्रो लागि भो
दाजुले भन्छन् नि जागिरे बहिनी
भदाको स्कुल महङ्गो भो
दिदीले भन्छिन् नि जागिरे बहिनी
भिनाजुलाई साह्रो भो
भाइले भन्छन् नि जागिरे दिदी
अमेरिका धेरै टाढा भो
अन्तमा मैले सबैलाई भन्छु
इज्जतै धान्न गाह्रो भो ।
| तपाईको प्रतिक्रिया | |
|
|