|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


कलागृहमा आएको छ बुद्ध
एउटा अमूर्त चित्रको अनावरण गर्न
बनेको हो यो चित्र
बाल्टीका बाल्टी रातको अँध्यारो खनाएर
जूनको आँसु
र ताराहरूको खरानी पोतेर
भित्तामा सजाएर राखिएको छ
\'शान्ति’ नामको त्यो चित्र
त्यसको छेउबाट अझै
झरिरहेका छन् आगोका फिलिङ्गाहरू
त्यसको किनाराबाट अझै
खसिरहेछन् युद्धका लप्काहरू
बनेको हो यो चित्र
लास पोलेर बचेका
कोइलाहरूले केरेर
मसानघाटको कुरूपता
र मुर्दाहरूको हाडको चन्दन लिपेर
कलागृहमा
खोजिरहेको छ बुद्ध
अमूर्त चित्रको सम्मानित अर्थ
मलाई लागिरहेको छ-
अँध्यारै अँध्यारोले छ्यापेको यो चित्र
मेरै देशको \'पोर्टेट’ हो
अनुहार चित्र !
| तपाईको प्रतिक्रिया | |
|
|