|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


हाम्रा अजाअजीको पालामा
फूल एक फुलेका हामी
जमात एक जुटेका थियौँ
जमेर खुबै चारैतिरका
हरियो पर्खालमाझ
चन्द्रसूर्य बालेर
मणिमण्डप डबलीमा
गजुर हिमाल राखी
मणिको आँगनभरि
मन्दिरैमन्दिरका मन्दिर बनाई
मन्दिर एक रोपेको ...
पसिनालाई शिरमा उचाली
कलाकौशलको फूल रोप्दै
हाँसो र उमङ्गका पर्वहरू सजाई
मान्छेका बस्तीमा मान्छे रोप्दै
स्वर्ग बिउँझाएर धरतीमा
देवताहरू ओह्रालेर
जीवन एक सुन्दर, परिष्कृत
वस्तु र समाजको
रचना हो हाम्रा पुर्खाहरूको
तस्बिर यो उपत्यका
धर्मकर्मले पखेटाभरि
फैलाउँदै जीवन
आफ्नै अनुपम गतिमा
निस्पिmक्री उडान भरेको
यो मणिमण्डपलाई
रङ यसकै सँग
चुलिन देऊ, फैलिन देऊ
जालझेलको जालोभित्र
पटकपटक जेलिएर
चोट कैयौँ बेहोरिसकेको
कृपया... अब
चलाखीले नकुल्च
जालझेलले नमेट
बारम्बार ... !
हामी सबैको अमूल्य मणि यो
लिन जानेले
लिन सकेजति लिने
दिन जानेले दिन सकेजति दिने
आकारमै खडा छ
सदा \'यो’ ।
चपलाअपलाहरूको डबलीमा
आदिकविको अलकापुरीमा
चारैतिरका स्वरशब्दको
हूलमूलले नकुल्चनु
नबिथोल्नु, दाग पर्ला
अलि परै बसेर हेर्नू
देशको खारिएको माटोले
सजिएको छ
एक जीवन्त चित्र
अति पण्डित्याइँले दाग पर्ला
सरल छ, सीधा छ
तिम्रै हो यो
आफ्नै माटोको नासो \'यो’ ।
| तपाईको प्रतिक्रिया | |
|
|