|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


बाँसुरीले मन रुवाउँछ ।
मायालु औँलाले प्वालहरू चुम्दै
ऊ आफूलाई बाँसुरीमा बजाउँछ
बिस्तारै रुवाउँदै मानिसहरूको मन
आफू अलिकति बाँच्छ
मानिसहरूको मन रुँदै निदाउँछ र सपना बन्छ
उसको बाँसुरीको धुनसँगै
छाती उधारेर मेरो मुटु लग्यो
उसले बाँसुरी बजाउँदा
मेरो हृदय राख्यो प्वालहरू उघार्दै
मेरा पीडाहरूले उसको बाँसुरी भरियो
फुक्यो तिनलाई
हृदय छिया-छिया पारेर
म रोइनँ आफूमा
उसको बाँसुरीमा रोएँ
म खूब रोएँ उसको बाँसुरीमा ।
म रित्तिँदै अझै
उसको बाँसुरीमा भरिएँ
रोएँ आफन्तहरूको सम्झनामा
मानिसहरूको जीवन खोज्दै जाँदा
फुलेका फूलहरूका यादमा
मेरो आकाश, धर्ती, नदी
मेरा चाहना र रहरहरूको स्मृतिमा
म रोइरहेँ उसको बाँसुरीमा
हृदय पगालेर ।
बिस्तारै मेरो हृदय ओरालो
उसको आफ्नो बाँसुरीबाट
र तररर...
आँसु खसाल्यो
सधैँ-सधैँ बाँसुरीबाट जीवनको खोजीमा
बग्ने उसको आँसु
आज आँखाबाटै बग्यो ।
| तपाईको प्रतिक्रिया |
| yokavitamaro gabinsangamildorahhacha nandujitapai laimore2dhanabadphare2poneastokavitalakhano lo |
| mahendra bhandari|06-Oct-2009 10:39:33 |
| तपाईको प्रतिक्रिया | |
|
|