|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |



मान्छे मान्छेदेखि तर्केर हिँड्छ
सहर मान्छेदेखि तर्केर हिँड्छ
मान्छे सहरदेखि तर्केर हिँड्छ-
हरेक शुक्रबार साँझ
टाढाटाढा गाउँहरु !
यहाँको आरसीसी बगैंगामा
चुँडालिन्छन् निर्दोष फूलहरु-
मान्छेको माया साट्नाका लागी
मान्छेको माया किन्नाका लागी !
सम्भावनाहरुका सबै कुराहरु-
बेचिन्छन् र किनिन्छन् यहाँ
जुनकुरा सबैभन्दा अमूल्य छ
त्यही कुरा यहाँ महासस्तो छ !
रङ्ग फेरेर इतिहासको
यो सहर आज झकिझकाउ छ
तैपनि पश्चिमले-
उही पुरानो रङ्ग देखिरहेछ
उही आदिम दृष्य देखिरहेछ
आस्तिकहरुको सहरलाई नास्तिक देखिरहेछ
मनबिनाको अथाह धनले पो हुन्छ के ?
पश्चिमलाई जाबो रङ्गीन चस्मा किनिदिन सकेको छैन
जुन चस्माको हेराइले-
सहर अर्कै देखियोस्
समय अर्कै देखियोस्....
तिबिलिसीले बमगोला हान्छ
पश्चिमको अभ्यस्त आँखाले
अपराध दोष धरेपछि क्रेमलिनमाथि
विचरा सहर-
हरेक याम शितयुद्ध भोग्न विवश छ
पाहुनालाई देवता मान्न विवश छः
मेट्रोमा- पार्कमा-सडकमा
उज्यालोमा-अँध्यारोमा-झरीमा
हतार हतार सलाम ठोक्छ
र राहदानी माग्छ
मानौं यो मगाई कुनै अभावको संकेत हो !
हुन त यो सहरमा के छैन ?
सबै कुरा छ, मानौं कुनै अभाव छैन
मानवताको नमूना चाहियो ?
टाल्सटाय र दस्तोयभ्स्कीको ठेली पल्टाऊ
जिवन्त प्रेम चाहियो ?
पुश्किन र लेर्मिन्तोभको काव्य पल्टाऊ
वर्तमानलाई एउटा क्रान्ति चाहियो ?
(जसलाई सभ्यताले बिर्सन खोजिरहेछ !)
गोर्की र अस्त्रोभस्कीको उपन्यास पल्टाऊ
मान्छेको रहर यो सहर
फैलिएर सहरको देश-
कागजको मानचित्रमा अटिरहेको छैन
युरोपमा नअटेर एसिया पसेको छ
एसियामा नअटेर युरोपमा झाँगिएको छ
छातीभरि आरसीसीको जंगल रोपेर
जंगलमा दुबै धरहरा सप्रोका छन् :
महल जो अग्ला छन् यहाँ
चुलिँदै बादलमाथि माथि हराइरहेका छन्
झुप्रा जो होचा छन् यहाँ
जमिन मुनिमुनि भासिँदै हराइरहेका छन्
यो फरक हराइमा-
कस्ले खोजिदिने हो
अस्तित्व मान्छेको ?
कसले खोलिदिने हो
रहस्य जीवनको ?
जब कि
मान्छे मान्छेदेखि तर्केर हिँड्छ
सहर मान्छेदेखि तर्केर हिँड्छ
मान्छे सहरदेखि तर्केर हिँड्छ
................
..................
..................!!
"Gorbachev ka jiunda pokaharu polto vitra bokera
Reganka pret Red square bahira mandariyi rahe chhan,
Daha sanskar gari sakeko Cold war 45 degree ko garmima pani
barafko dhungo sari , Dobatoma manchhe tarsaunchhan "
Thank you again Madhu ji for your Encyclopedia,
Regds