|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


संसद ज्यु,
तपाईं सामु सानो निबेदन पेश गरेको छु
प्रतिनिधि सभामा लगी पेश गरिदिनु हुन्छकी ?
मेरो बिनम्र अनुरोध ।
संसद ज्यु ,
हिजै मात्रै हो
हाम्रा गाउको हर्केले
कालिसग आई लभ यु को प्रस्ताब राख्दा
र
कालिले स्विकार नगर्दा
आज हर्केको मृत्यु भएको छ ।
हाम्रै गाउकी च्यान्टिले पनि
कालेसग आई लभ यु को भिक माग्दा माग्दै
आज च्यान्टी पागलको रुपमा
सडक र गल्लिहरुमा डुलिरहेकी छ ।
यही आई लभ यु को लालसमा पर्दा
हाम्रै गाउकी गोरी
बम्बैमा बन्दी जीवन बिताइरहेकी छ ।
हुनत हाम्रो बेरोजगारी देशमा
रोजगार मिलेको छ
यही आई लभ यु ले गर्दा
तर यो ज्यादै ब्यपक बनेको कारण
यसमा बिकृतिहरु आएका छन,
धेरै हागा बिगाहरु लछरिएका छन
त कती कोपिलाहरु निर्लज्ज लुटिएका छन ।
हुनत हाम्रो हजुरबाले
रोधिको रमाइलो साझमा
यही आई लभ यु सगै
आफ्नो बाराउनी गरेका रहेछन
यो त पुरानो कुरा भयो ।
त्यसैले संसद ज्यु,
कहिले बगर त कहिले सागर हुने
यो आई लभ यु को नियन्त्रण गर्ने
कुनै कानुन छ कि?
नभए बनाउनु पर्यो
यसको छिट्टै कार्यन्वयन गरी
यस् बर्षको सम्पूर्ण बजेट
लगानी गर्नुपर्यो
संसद ज्यु,
यो मेरो बिनम्र अनुरोध ।
| तपाईको प्रतिक्रिया | |
|
|