|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |



जगदीश घिमिरे नेपाली साहित्यकाशका कुनै अपरिचित नाम होइन । साहित्य, कला, संस्कृतिमा सक्रिय घिमिरे समाजसेवी पनि हुनुहुन्छ । विक्रम सम्बत २००२ साल चैतमा रामेछापको मन्थलीमा इन्द्रबहादुर घिमिरेकाको पुत्रका रुपमा जन्मनु भएका घिमिरेले प्रारम्भिक शिक्षा घरबाटै लिनु भएको हो भने पटना विश्वविद्यालयबाट समाज शास्त्रमा एमएम र जनसंख्या र विकास विषयमा बेलायतको वेल्स विश्वविद्यालयबाट पोष्ट ग्रयाजुएट गर्नुभएको छ।
सानैदेखि कथा, कविता, निबन्ध, संस्मरण, राजनीतिक टिप्पणी गर्न रुचाउनु हुने घिमिरेको २०२७ सालमा लीलाम नामक उपन्यास प्रकाशित भएको थियो । त्यस्तै जगदीशका कथाहरु, २०२७, सन्तान नाटक २०३०, साविती उपन्यास २०३२, केही कथा, कविता र संस्मरण संग्रह २०३४ प्रकाशन भइसकेका छन् भने नेपाली कवितायें हिन्दी सम्पादनसमेत गर्नुभएको छ ।
उहाँका बर्दी कथा संग्रह, युद्धगीत कविता संग्रह, चेतना भया राजनीतिक निबन्ध, विवधि लेख र अन्तर्वार्ता संग्रह, आदि प्रकाशनको तयारीमा छन् भने यही वर्ष प्रकाशन भएको अन्तर्मनको यात्रा आत्मलाप प्रकाशन भएको थियो । सोही कृतिले यस वर्षको मदन पुरस्कार हात पार्न सफलसमेत भइसकेको छ। उहाँले यसअघि नै मैनाली कथा पुरस्कारसमेत प्राप्त गरिसक्नु एको थियो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक संस्थाहरुमा सक्रिय रहनु भएका घिमिरे मध्यमाञ्चलको दुर्गम जिल्लामा रुपमा रहेको रामेछापको विकासमा समेत लाग्नु भएको छ। साथै हालै उहाँको नाममा जगदीश घिमिरे प्रतिष्ठानसमेत गठन भइसकेको छ। सो प्रतिष्ठानले विविध साहित्यिक गतिविधिहरु संचालन गरिरहेको छ। प्रस्तुत छ, मदन पुरस्कार विजेता साहित्यकार जगदीश घिमिरेसँग पुरस्कार घोषणालगलै गरिएको संक्षिप्त कुराकानीको अंशः
अन्तर्मनको यात्रा कस्तो पुस्तक हो ?
यो मुलतः मेरो संस्मरणात्मक हो, मैले सम्झेका कुराहरु धेरै छन् । त्यो लेख्ने सन्दर्भमा देश, समाजका विभिन्न पक्षहरुमा पनि भेरा टिप्पणीहरु भएका छन् ।
मुलतः यो संस्मरणात्मक विद्या अवथा आत्मकथा विद्यामै पर्नुपर्छ ।
तपाईलाई के लाग्छ, यो पुस्तकले नपाएको भए यो वर्षभरिमा कुन पुस्तकले मदन पुरस्कार पाउथ्यो होला, तपाईलाई उत्कृष्ट लागेको पुस्तक कुनै छन् यो वर्षको ?
होइन, यो वर्ष अर्को पुस्तक पनि निकै चर्चामा थियो भनेको सुनेको छु । घचनक्करको पनि नाम लिइन्छ, उत्तर आधुनिक विमर्श भन्ने डा. गोविन्द भट्टराईको पनि उत्कृष्ट कृति हो भन्ने चार्चा सुनेको थिए । मैले यो दुई पस्तकका साथै मेरो पुस्तकको नाम सुनेको थिए ।
तपाईलाई यो कृति रचना गर्दा मदन पुरस्कार पाउछ जस्तो लागेको थियो ?
यो किताव लेख्दा त म यो किताव लेखिसकुन्जेल बाँच्छु कि बाँच्दिनँजस्तो पो लागेको थियो । त्यस अनिश्चित अवस्थामा मैले लेख्दाखेरी त्यो मदन पुरस्कार भन्ने कुरा त मेरो कल्पनामा पनि थिएन । कुनै पुरस्कार पनि कल्पनामा थिएन । मैले मेरो समय बिताउनका लागि लेखेको हुँ भनौं ।
तपाईको स्वास्थ्यस्थिति अहिले कस्तो छ?
स्वास्थ्य अहिले नर्मल छ । म एक हप्ताअगाडि सिंगापुरको बैंककमा चेक गराएर आएको हुँ । अहिले नर्मल छ ।
लगत्तै तपाईका कुनै पुस्तकहरु आउँदै छन् ?
पुराना पुस्तकहरुको पुनःमुद्रण हुँदैछ । साविती भन्ने पुस्तक भर्खरै आयो ।अब एक दुई महिनाभित्रै केही पुराना पुस्तक आउलान् तर नयाँ पुस्तक लेख्न मैले फुर्सद पाएको छैन । यो कितावले मलाई निकै व्यस्त बनायो ।
यसपछिका भेटघाट, अन्तर्वार्ता, कुराकानी, पठकका पत्रहरु आउने आदिमा पनि म व्यस्त भएको छु । फेरि यसको दोस्रो संस्करण पनि पाँच महिनामा पाँच संस्कृरण निस्किसक्यो । हरेक संस्करणले मलाई अलिअलि मेरो समय लिएको छ।
दुई लाख रुपैयाँ भनेको नेपाली लेखकहरुका लागि ठुलै रकम हो, अब यो पैसा केमा खर्च गर्ने विचार गर्नुभएको छ ?
मैले यसै गर्छु भनेर सोचेको छैन । यो कुनै लोकपरोकारी काममा नै जान्छ होला । मेरो कितावको प्रकाशक मेरो नामबाट खुलेको प्रतिष्ठान हो । यो त्यहाँ पनि जान सक्दछ । यो पुरस्कार लिने दिनसम्म पर्खेर त्यही घोषणा गर्छु होला ।
नेपाली साहित्यकार, पाठक र लेखकहरुप्रति तपाईको टिप्पणी के छ?
नेपाली साहित्यका धेरै जागरुक पाठकहरु छन् भन्ने मैले बुझेँ । हामीहरुले लेख्न थाल्दा २०२०/२१ सालतिर हामी जति लेखक थियौं त्यति मात्रै पाठक थियौं जस्तो लाग्छ । अब अहिले पाठकको एउटा विशाल समुदाय खडा भएको रहेछ ।
मैले यही कितावबाट आएका टिप्पणीबाट पनि थाहा पाएँ, इमेल आउछन्, फोन आउछन्, विभिन्न कम्युनिकेशनहरु, लेख, पत्र आदिबाट मैले के बुझेँ भने एउटा विशाल समुदाय छ पाठकको । देशभर प्रशस्त पाठक छन् । कान्तिपुर टीभीबाट
| तपाईको प्रतिक्रिया | |
|
|