|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |



पुर्ख्यौली थलो सङ्खुवासभा भई हाल बेघर रत्ननिधि रेग्मी कवि,पत्रकार तथा ज्योतिषीका परिचयले स्थापित छन् । महाकवि देवकोटाका सम्बन्धमा विशेष अध्ययन गरेका यी शुक्राचार्यले देवकोटाका प्रकाशित ५५कृतिमध्ये करिब ५० वटाको अध्ययन गरेका छन् । चवालीस सालदेखि देवकोटाको अध्ययनमा लागेका पूर्वगडस्मिथ रेग्मीले देवकोटाका सम्बन्धमा १५० वटा जति कविता, समीक्षा,लेख तथा जीवनी पनि तयार गरेका छन् । उनै \\\'महाकवि देवकोटाका एकमात्र अनन्यभक्त\\\' छयालीस वर्षिय रेग्मीसँग हाम्रा सम्पादक श्याम रिमालले आफ्नो निवास कपनमा आएका बखत २०६५साल फागुन ३ गते शनिवार गरेको कुराकानीका अंश-
-महाकवि लक्ष्मीप्रसाद देवकोटालाई यहाँले कसरी चिन्नुभएको छ ?
उत्तर-देवकोटा जस्तो लेख्ने त्यस्तै व्यवहार गर्ने तथा जस्तो भोग्ने त्यस्तै हुने साहित्यकारका रुपमा चिन्दछु ।
-देवकोटाका मुख्य विशेषता के हुन् ?
उत्तर-उनी विलक्षण प्रतिभा हुन् । त्यो प्रतिभा सबै विधा(हाँगा)मा झाँगिएको छ । उनी सबैतिर उत्तिकै सबल देखिन्छन् । लेखन र वक्तृत्व, अध्ययन र अध्यापन-यी सबै कुरामा उनी सशक्त देखिन्छन् । उनमा विचार र भावको सम्मिश्रण पाइन्छ । उनी कला र सौन्दर्यका प्रस्तोता-उपासक) हुन् । उनी भाषिक संयोजन गर्नसक्ने बहुआयामिक व्यक्तित्व हुन् । कवित्व र व्यक्तित्वको आदर्शको सङ्गम देवकोटाभित्र पाइन्छ ।
-उनी लेखनमा त्यत्तिका सरल देखिंदैनन् नि ?
उत्तर-त्यो जमानामा उनी नै सबैभन्दा सरल हुन् । सरलता नै उनीबाट सुरु भएको हो । त्यसअघि जटिल लेखिन्थे । उनका सबै कृति जब पढिन्छन्, तब आफैं अर्थ खुलेर आउँछ ।
-देवकोटा शतवाषिर्की कसरी मनाउँदा प्रभावकारी होला ?
उत्तर- विज्ञहरुलाई कुनै संस्थाले एकत्र गरेर देवकोटाबारे व्यापक मन्थन, विचारविमर्श र बहस आदि गराएमा सार्थक हुनेछ । अहिले भइरहेका गतिविधि आलाकाँचो देखिन्छ । त्यसबाट देवकोटाको गहिराइ भेट्न र बुझ्न सकिंदैन । कमसेकम प्रायः देवकोटा पढिरहेका प्राज्ञहरुलाई यसमा संलग्न गराइनुपर्छ । राज्यले यसलाई गम्भीरतापूर्वक लिएन । बजेट छुट्टयाइनु सकारात्मक भए पनि कार्यान्वयन पक्षचाहिं लापरवाहीपूर्ण रहृयो । राज्यले मनाउने पद्धति तय गर्नुपर्छ ।
- देवकोटाका उत्तराधिकारी को हुन्जस्ता लाग्दछ?
उत्तर-नेपाली भाषाप्रति मोह भएका सिर्जनशील स्रष्टा नै देवकोटाका उत्तराधिकारी हुन् ।
-देवकोटासम्बन्धी अध्ययन र अन्त।क्रियालाई व्यापक बनाउन के गर्नुपर्ला ?
उत्तर-पाठ्यक्रममा बाहेक अन्यत्र अध्ययनका लागि सर्वसुलभ व्यवस्था छैन । समर्पण कमैमा मात्र भेटिन्छ । कविताविधाबाट समाज बाहिरिंदै गएको छ । समाजलाई काव्यको रसद्वारा प्रेरणा जगाउने पनि त्यस्ता कुनै भरपर्दा माध्यम छैनन् । जतिले पढ्छन्, आफूअनुसारमात्र पढ्छन् । लगनशीलताको खाँचो छ, इमान्दारीको खाँचो छ ।
देवकोटाका विश्वस्तरका कृति कुनकुन् छन् ?
उत्तर-देवकोटाका मुनामदन, शाकुन्तल, प्रमिथस, सुलोचना आदि विश्वका प्रसिद्ध कृतिभन्दा मुनिका छैनन् । सबै पक्षमा उनको कलम चलेको छ । रुसी एकेडेमीले देवकोटा काव्य विभाग नै खोलेको छ र दश प्रतिशत बजेट देवकोटामा खर्च गर्छ । नेपाली भाषासाहित्यमा उनी अनुपम व्यक्तित्व हुन्, बयानै गर्न सकिन्न ।
-प्रज्ञाप्रतिष्ठानहरुको गठन कस्तो लाग्यो?
उत्तर-प्रज्ञाप्रतिष्ठानमा प्राज्ञहरु पर्नुपर्थ्यो, परेनन् । यसलाई दुर्भाग्य मान्नुपर्छ ।
-तपाईं ज्योतिर्विज्ञानमा पनि लाग्नुभएको छ, यो कस्तो विषय हो ?
उत्तर-यो सबैले जान्नुपर्ने विषय हो । जानेमा ज्योति प्राप्त हुन्छ, नत्र अन्धकार हुन्छ । यसले जीवन र जगतलाई बुझ्ने कला सिकाउँछ । ज्योतिर्विज्ञानको अध्ययनबाट आफूले ज्योति प्राप्त गर्ने हो र फैलाउने हो, म त्यही कुरामात्र बुझ्छु ।
Dhanyabad.