|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको कपिलवस्तुको गुरुयोजना बन्ने भएको छ ।विश्वशान्तिका अग्रदूत सिद्धार्थ गौतम बुद्धसँग सम्बन्धित विभिन्न बौद्धस्थलको विकासका लागि कपिलवस्तु, तिलौराकोट गुरुयोजनाको निर्माण गरिने भएको लुम्बिनी विकास कोषले जानकारी गराएको छ ।
लुम्बिनी विकास कोषको सहयोगमा जिल्ला विकास समिति कपिलवस्तुले सदरमुकाम तौलिहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सभासद् दीपकुमार उपाध्यायले लुम्बिनीको साथसाथै कपिलवस्तु जिल्लाका विभिन्न बौद्धस्थलको विकास तथा प्रचारप्रसार गरीे बौद्ध धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल बनाउन गुरुयोजना बनाउनु आवश्यक रहेको बताउनुभयो ।
उहाँले हिन्दूहरुका लागि चारधाम, मुस्लिमहरुका लागि मक्का मदिना, इसाइहरुका लागि जेरुसेलमको आफ्नै धार्मिक महत्व भए जस्तै बौद्धहरुका लागि लुम्बिनी र कपिलवस्तुलाई अन्तर्राष्ट्रिय धार्मिकस्थलको रूपमा विकास गर्नसके विश्वका बौद्धधर्मावलम्बीहरुको आगमनमा वृद्धि हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा सहभागी राजनीतिक दल तथा नागरिक समाजका प्रतिनिधिहरुले सरकारले लुम्बिनीको विकासका लागि वर्सेनि करोडौं रूपैयाँ खर्चिए पनि भगवान् बुद्धले २९ वर्ष बिताएको कपिलवस्तु क्षेत्रको विकासका लागि चासो नदिएको भन्दै त्यसको विकासमा निरन्तरता आवश्यक रहेकोमा जोड दिएका थिए ।
| तपाईको प्रतिक्रिया | |
|
|