|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


नेपाली काङ्ग्रेसका उपसभापति प्रकाशमान सिंहले मुलुकमा शान्ति स्थापना र माओवादी लडाकूको समायोजन हुनुअगावै संविधान जारी गर्न नहुने बताउनुभएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन वाल्मिकी विद्यापीठको मुखपत्र \'उन्मेष\' स्मारिकाको बिहीबार विमोचन गर्दै उहाँले जनआन्दोलन २०६२/६३ ले ल्याएको परिवर्तनलाई तुषारापात गर्ने आँट कुनै पार्टीले गर्न नहुनेमा जोड दिनुभयो ।
उहाँले मुलुकमा निर्धारित समयमै संविधान जारी हुने उल्लेख गर्दै जनभावनाविपरीत कार्य गर्न कसैलाई पनि छुट नभएकाले संविधान निर्माणप्रति अनर्गल प्रचारवाजी नगर्नसमेत सबैलाई आग्रह गर्नुभयो ।
नेपाल विद्यार्थी सङ्घका केन्द्रीय उपाध्यक्ष नयनसिंह महतले भत्ता र सत्ताका लागि जनताले ६०१ जना सभासद्लाई संविधानसभामा पठाएको होइन भन्दै जनमतको उच्च कदर गर्दै तोकिएको समयमा संविधान जारी गर्न सभासद्लाई आग्रह गर्नुभयो ।
नेविसङ्घका अर्का उपाध्यक्ष प्रमोदहरि गुरागाईंले आफ्नो सङ्घ सहमति र सहकार्यबाट अगाडि बढ्ने भएकाले संविधान निर्माणका लागि रचनात्मक सहयोग पुर्याउन आफूहरू तत्पर रहेको बताउनुभयो ।
स्ववियु बाल्मिकी विद्यापीठका सभापति रमेश रिजालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय कर्मचारी सङ्घका महासचिव रमेश जोशी, शङ्करदेव क्याम्पस स्ववियु सभापति शुभराम बस्नेत, विद्यापीठका निमित्त प्राचार्य जनकराज भट्टलगायतले तोकिएको समयमा संविधान जारी गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
स्मारिकामा जयतु संस्कृतम् आन्दोलनदेखिको इतिहास, प्रजातन्त्रको मूल्य र मान्यता स्थापित गर्ने विचारलाई प्राथमिकता दिइएको छ ।
| तपाईको प्रतिक्रिया | |
|
|