|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


मलेसियाका अग्रज साहित्यकार मनि राई गोठालेद्धारा लिखित कथा संग्रह \'युद्ध समाधि\' क्वालालम्पूरस्थीत द गोर्खाज रेष्टुरेन्टमा सानी बच्ची निङ्वा लिम्बूको हातबाट विमोचन भएको छ ।
मलेसियाबाट प्रकाशित हुने विभिन्न पत्रपत्रिकाहरूमा कार्टुनकारको रुपमा समेत चिनिएका मनि राई गोठालेको यो प्रथम कृति हो ।
विमोचन समारोहमा नेपाल पत्रकार महासंघ, सम्पर्क शाखा मलेसियाका अध्यक्ष विपिन राई, एनआरएन अन्तर्राष्ट्रिय कमिटिका सदस्य भीम शेरचन, अनेसास मलेसियाका अध्यक्ष पदमदुःखी सम्बाहाङ्फे, अनेसास मलेसियाका पूर्व अध्यक्ष इन्द्र नारथुङे, अनाममण्डलीका अध्यक्ष श्रीजनश्रीको उपस्थिति रहेको थियो ।
अतिथिहरूले यस्ता कृतिको आगमनले मलेसियामा रहने नेपालीहरूको शान बढाइदिएको तथा यस्ता कृतिहरू अलि ढिलो प्रकाशित भएको टिप्पणी गरेका थिए । एनआरएनका केन्द्रीय सदस्य भीम शेरचनले ५५ देशमा एनआरएन विस्तार भएको र ५५ देशबाटै सर्जकहरूको प्रचारप्रसार गर्ने वचनवद्धता पनि राख्नुभएको थियो । पुस्तकका समिक्षकसमेत रहेका इन्द्र नारथुङेले \'मलेसियाको प्रकाशित कृति\' भनेर जुनै अन्य मुलुकमा रहेका साथीहरूलाई उपहार दिनुपर्दा युद्धसमाधि दिइनुपर्छ भनेर भन्नुभएको थियो ।
किरात याख्खा छुम्मा मलेसिया, मकालु संखुवासभा सम्पर्क समिति मलेसिया तथा धनकुटा चौबीस सम्पर्क समिति मलेसियाको संयुक्त आयोजना रहेको कार्यक्रम संग्रहको विमोचन तथा मनि राई गोठालेको एकल कविता वाचन गरी दुईचरणमा सम्पन्न भएको थियो ।
एकैचोटी दुईवटा कृतिको सार्वजानिक भएको समेत भएको भन्न सकिने विमोचन र एकल कविता वाचन समारोह मलेसियाको लागि ऐतिहासिक कार्यक्रमकै रुपमा लिइएको थियो । एकल कविता वाचनमा आˆना नयाा र पुराना गरी जम्मा १५ वटा कविता सुनाइएका थिए । उत्साही सर्जकहरू श्रीजनश्री, दिलदुःखी जन्तरे, रुवेन पुन, विनो लामा, रविन्द्र राई अधुरो, सन्तोष मावुहाङले मनि राई गोठालेमा समर्पित कविता तथा गजलहरू वाचन गरिएका थिए ।
५ घण्टे लामो कार्यक्रममा हलचल नगरी सुनिरहेका श्रोताहरूले बीचबीचमा कविताका केही टुक्राहरूले उत्साहित बनाई ताली बजाउादा हल गुञ्जायस हुन्थ्यो । मनि राई गोठालेको व्यक्तिवृतमा उभिएर पदमदुःखी सम्बाहाङ्फे, कोपिला गौतम र जीवन देवान गाउालेले गोठालेको जीवनीलाई उदाङ्गो पार्ने कोशिष गरेका थिए ।
युद्धसमाधिका प्रकाशकसमेत रहेका किरात याख्खा छुम्मा र मकालु संखुवासभा सम्पर्क समितिका अध्यक्ष धनबहादुर देवानको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई देवेन्द्र सुर्केलीद्धारा सञ्चालन भएको थियो ।
| तपाईको प्रतिक्रिया | |
|
|