|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


स्रष्टा डा. ऋषिप्रसाद बरालको \'सत्ता र संस्कार\' नामक पुस्तकको बिहीबार राजधानीमा विमोचन गरिएको छ । अक्सफोर्ड इन्टरनेसनल पब्लिकेसन प्रालिद्धारा आयोजित समारोहमा एकीकृत नेकपा -माओवादी) का केन्द्रीय सदस्य अनिल शर्मा -विरही) र कलाकार माइला लामाले संयुक्तरुपमा पुस्तक विमोचन गर्नुभएको थियो ।
सदस्य शर्माले विमोचित पुस्तकले जनयुद्धको बेला फेरिएको संस्कृति र बहुलवादको खतराका विषयमा कुरा उठाएको बताउनुभयो भने कलाकार लामाले पुस्तकले जनयुद्धका बेला जनतालाई बाँडेका सपना पूरा भए कि भएनन् भनेर बहस गर्न मार्गनिर्देश गरेको बताउनुभयो ।
आयोजक संस्थाका अध्यक्ष डोलिन्द्रप्रसाद शर्माको अध्यक्षतामा भएको स्रष्टा डा. बरालले आफ्नो २१ औं कृतिका रुपमा आएको विमोचित पुस्तक विगतको जनयुद्धमा नेपालीले लडेको लडाईँको दस्तावेज भएको चर्चा गर्नुभएको थियो ।
समालोचक जगदीशचन्द्र भण्डारीले पुस्तकको पहिलोचरण जनयुद्धको सौन्दर्यशास्त्र र दोस्रो चरणमा सांस्कृतिक आन्दोलनमा आएका विचलनहरुलाई व्यापकरुपमा उठाइएको बताउनुभयो ।
| तपाईको प्रतिक्रिया | |
|
|