|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


एकैदिन एउटै गाउँमा दर्जनभन्दा बढी विवाह हुँदा झापाको सुरुङ्गामा विवाहका लागि जन्तीको अभाव भएको छ । माघ २४ गतेका दिन अत्यधिक विवाहको लगन हुँदा गाउँमा विवाहका लागि जन्ती अभाव भएको हो ।
विवाहका लागि जन्ती नपाउँदा प्रतिजन्ती दुईसयदेखि पाँचसयसम्म दिएर बेहुलीकोमा जन्ती लगिएको एक परिवारले बताए । एकैदिन धेरै ठाउँमा विवाहको कार्यक्रम हुँदा गाउँमा भाँडावर्तन, त्रिपाल, वैण्ड र पञ्चेबाजा, साउण्ड सिस्टमलगायतका वैवाहिक सामग्रीको अभाव भएको छ ।
यसैबीच एकै दिनमा दुईदर्जन बढी वैवाहिक कार्यक्रम हुँदा झापाको कोटीहोम धार्मिकस्थलमा विवाहका लागि पण्डितको समेत अभाव भएको छ । पूर्वाञ्चल क्षेत्रमै सबैभन्दा बढी विवाह गराउँदै आएको उक्त धार्मिकस्थलमा समितिले २५० रुपैयाँमा पण्डितसहित विवाह गराउँदै आएको छ ।
एकैदिन दुई दर्जनको सङ्ख्यामा विवाह आउँदा पालोपालो विवाह गराउनु परेको तथा मठमन्दिर र धर्मशाला समेत खाली नभएको कोटीहोम धार्मिक विकास संस्थाका सचिव गङ्गाराम दाहालले बताउनुभयो ।
| तपाईको प्रतिक्रिया | |
|
|