|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


गत ३१ तारिख आइतवारका दिन बेल्जियमको अन्त्वेर्पेन शाहरमा एक भब्य समारोह का माँझ कवि तथा गीतकार बिमल गिरी द्वारा लिखित \'सम्झनाका तरेली\' नामक गीती संग्रह्को बिमोचन भएको छ ।
नेपालका भूतपूर्व उपप्रधानमन्त्री के।पी शर्मा ओलीले उक्त कृतिको बिमोचन गर्दै डायस्फोरा नेपाली साहित्यको योगदानको चर्चा गर्नु भएको थियो । ओलीद्वारा विमोचित उक्त समारोहमा नेपाली दूतावास बेल्जियमका महामहिम राजदूत प्रमेश कुमार हमाल, एनआरएन बेल्जियमका आईसीसी एनसीसी प्रतिनिधिका साथै बेल्जियम स्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रवासमा बसेर नेपाली भाषा, साहित्य उत्थानको क्षेत्रमा योगदान गर्दै आऊनु भएका गिरी हाल अन्तराष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टरको उपाध्यक्ष पदमा रही काम गर्दै आऊनु भएको छ । कवि गिरीको \'साल्पा\'प्रकाशोन्मुख कविता संग्रह हो भने हाल बजारमा उपलब्ध \'उपसना\' नामक उहाँद्वारा रचित प्रसिद्द गिती क्यासेट हो । दीपक ज्योती पौडेल/बेल्जियम
| तपाईको प्रतिक्रिया | |
|
|