|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


वनस्पति तथा वन्यजन्तु संरक्षणमा विज्ञता हासिल गर्नुभएका डा. रवि शर्मा अर्यालले लेख्नुभएको \\\'साइटिस् ईम्पिलमेन्टेशन ईन ईण्डिया एण्ड नेपाल\\\' नामक पुस्तकको कानुन तथा न्यायमन्त्री प्रेमबहादुर सिंहले शुक्रबार राजधानीमा विमोचन गर्नुभयो ।
लोपोन्मुख वनस्पति तथा वन्यजन्तुको अवैध व्यापारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी, साईटिस कार्यान्वयनको नेपाल र भारतको अवस्था र यसमा देखापरिरहेका समस्यासम्बन्धी सो पुस्तक डा. अर्यालको दोस्रो संस्करण हो ।
पुस्तकको प्रकाशक विश्व वन्यजन्तु कोष -डब्लुडब्लुएफ) रहेको छ ।
सो पुस्तकमा नेपाल र भारतका लोपोन्मुख वनस्पति एवम् वन्यजन्तुकोे संरक्षणको अवस्था, पछिल्लो समयमा व्यापारका लागि गर्ने गरिएका वन्यजन्तुको ओसारपसार एवम् अवैध व्यापार तथा साईटिसको कार्यान्वयनमा देखापरिरहेका विकृति र कमीकमजोरी औंल्याईएको छ ।
सो पुस्तकको विमोचन गर्दै मन्त्री सिंहले यस्ता वनस्पति एवम् वन्यजन्तुको अवैध ओसारपसार एवम् व्यापारका लागि नेपाललाई एक साझा थलोका रुपमा विकास गरिएकोले यस्तो अन्तर्राष्ट्रिय जालो तोड्नुपर्नेमा जोड दिनुभयो ।
विश्व वन्यजन्तु कोष र वन्यजन्तु कार्यसमूहद्वारा आयोजित सो कार्यक्रममा सभासद् गगन थापाले नेपालमा साईटिसको कार्यान्वयन सम्बन्धी प्रशास्त कानुन भएपनि तिनको कार्यान्वयनमा समस्या एवम् लापरवाही देखिने गरेको टिप्पणी गर्नुभयो ।
वनस्पति एवम् वन्यजन्तु संरक्षणविद् तीर्थबहादुर श्रेष्ठ र उदयराज शर्माले संरक्षणसम्बन्धी विषय जटिल रहेको टिप्पणी गर्दै यसका लागि कानुनी संयन्त्र, राजनीतिक प्रतिबद्धता र प्रशासनिक समन्वयको खाँचो औंल्याउनुभयो । साईटिससम्बन्धी अन्तर्राष्ट्रिय महासन्धीका ज्ञाता डा.अर्यालको यसै सम्बन्धी पहिलो पुस्तक सन् २००४ मा प्रकाशित भएको थियो ।
| तपाईको प्रतिक्रिया | |
|
|