|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


यहाँ आयोजित एक साहित्यिक कार्यक्रममा दुई छुट्टाछुट्टै कृतिको विमोचन गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मेरिल्याण्ड च्याप्टरले आइतवार आयोजना गरेको कार्यक्रममा च्याप्टरका कार्यकारी सदस्य तीर्थराज पाण्डेयबाट लिखित चिरायु उपन्यास र ११ वर्षीया बालिका प्रीया सुवेदीले लेखेको अंग्रेजी भाषाको बाल कथा सुपर गाल विमोचन गरिएको हो । बालिका सुवेदीको कृति साहित्यकार शिवप्रसाद सत्याल पीठले विमोचन गर्नुभएको थियो । यसैगरी चिरायु उपन्यासको कार्यक्रमका प्रमुख अतिथि साहित्यकार कृष्णप्रसाद पराजुलीले विमोचन गर्नुभएको थियो ।
च्याप्टरका अध्यक्ष एच बी भण्डारी प्रभातको सभापतित्वमा भएको कार्यक्रममा सुवेदीको कविता संग्रहका बारे विद्यार्थीद्वय दिव्या चन्द र रोनिक्स भण्डारीले चर्चा गरेका थिए । साहित्यकार शिवप्रसाद सत्याल पीठ, पशुपति बञ्जाडे र तरुण पौडेलले चिरायु उपन्यासका विविध विषयमाथि प्रकाश पार्नुभएको थियो । च्याप्टरकी उपाध्यक्ष नायिका पुजा चन्दले सञ्चालन गर्नुभएको कार्यक्रममा सर्जकद्वय पाण्डेय र सुवेदीले पनि आ आफ्ना रचनाका बारे बोल्नु भएको थियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष एवं बोर्ड अफ ट्रष्टीका अध्यक्ष होमनाथ सुवेदीले डायस्पोरामा नेपाली साहित्यको विषयमा चर्चा गर्दै कार्यक्रममा विमोचित दुवै कृतिका बारे संक्षेपमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार कृष्णप्रसाद पराजुली र अतिथि साहित्यकार शिवप्रसाद सत्याल पीठलाई उहाँहरुको साहित्यिक योगदानका लागि च्याप्टरका तर्फबाट अध्यक्ष भण्डारीले अभिनन्दन तथा सम्मान पत्र प्रदान गर्नुभएको थियो । सम्मानित व्यक्तित्व पीठका बारे सर्जक शास्वत पराजुली र अभिनन्दित व्यक्तित्व पराजुलीका बारे च्याप्टरका महासचिव गौतम दाहालले संक्षिप्त परिचय दिनुभएको थियो । महासचिव दाहालले च्याप्टरले प्रकाशन गरेको दुवै कृतिको बारेमा प्रकाशकीय पक्षमाथि समेत जानकारी दिनुभएको थियो ।
बाल्टिमोरमा पहिलोपटक च्याप्टरले आयोजना गरेको यस किसिमको कार्यक्रममा नाट्यकर्मी सरोज अर्यालले निर्देशित तथा सर्लोना भण्डारी, अविप्सा हमाल,रोनिक्स भण्डारी सहितका बाल कलाकारले अभिनय गरेको नयाँ प्रयोगको नाटक सञ्चो प्रदर्शन गरिएको थियो । यसैगरी कार्यक्रममा डाक्टर श्याम कार्की, पारसमणी श्रेष्ठ,दिव्या चन्द, भुवनेश्वरी बञ्जाडे, होमनाथ सुवेदी,सुरेश तिमल्सिना,कृष्णप्रसाद पराजुलीसहितले आ आफ्ना कविता वाचन गर्नुभएको थियो । विमोचित उपन्यास चिरायु शहीद दशरथ चन्दप्रति समर्पित रहेको र शहीद दिवसको सन्दर्भ पारेर आयोजित कार्यक्रमको आरम्भमा सबै शहीदहरुको सम्मानमा एक मिनेट मौनधारण तथा शहीद चन्दको तस्वीरमा पुष्पगुच्छा अर्पण गरिएको थियो । कार्यक्रममा शहीद चन्दका नाति धिरज चन्दले आफ्ना हजुरबुवालगायत शहीदहरुको योगदानका बारे बोल्नुभएको थियो । यसैगरी सम्पूर्ण संघ,संस्थाको तर्फबाट बाल्टिमोर एशोसियसन अफ नेपलिज इन अमेरिका -बाना) की अध्यक्ष रबिना थापाले कार्यक्रमको सह्राहना गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहभागी सबैलाई च्याप्टरका कार्यकारी सदस्य अर्जुन हमालले स्वागत तथा अर्का कार्यकारी सदस्य चन्द्र विश्वकर्माले धन्यवाद ज्ञापन गर्नुभएको थियो । सोही अवसरमा नयाँ संस्था ग्लोवल एजुकेशन,कल्चरल लिटरेरी सपोर्ट एशोसियसनको बारेमा तयार गरिएको पावर प्वाइन्ट संस्थाका निर्देशक एच.बी. भण्डारी प्रभातले प्रस्तुत गर्दै संस्थाको उद्देश्य बारे प्रकाश पार्नुभएको थियो ।
यसैबीच आगामी एक महिनाभित्र च्याप्टरको पहिलो अधिवेशन गर्न संस्थापन कार्य समितिलाई अधिकार प्रत्यायोजन गर्दै सात सदस्यीय अधिवेशन तयारी समिति गठन गरिएको छ । एच वी भण्डारी प्रभातको संयोजकत्वमा पुजा चन्द,गौतम दाहाल,अर्जुन हमाल,तीर्थराज पाण्डेय, चन्द्र विश्वकर्मा र राज सेञ्चुरी सम्मिलित अधिवेशन तयारीले नेपाली भाषा,साहित्यप्रति चासो राख्ने इच्छुक महानुभावहरुलाई तत्काल सदस्यता लिन आव्हान गरेको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । एच बी भण्डारी/बाल्टिमोर,अमेरिका
| तपाईको प्रतिक्रिया | |
|
|