|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


साझा प्रकाशनले यही माघ २३ देखि फागुन ३ गतेसम्म राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग काठमाडौँमा बृहद् पुस्तक प्रदर्शनी-२०६६ आयोजना गर्ने भएको छ ।
देशभर रहेका साझा प्रकाशनका कार्यालय र बिक्रीकक्षमा पनि २०६६ माघ १४ गतेदेखि नै पुस्तक प्रदर्शनी सञ्चालन भइरहेको साझा प्रकाशनले जनाएको छ ।
प्रदर्शनीमा देशका ५० भन्दा बढी प्रकाशकबाट प्रकाशित विभिन्न भाषा, साहित्य, कला, विधा, विषय, क्षेत्र र वाङ्मयका चारहजारभन्दा बढी शीर्षकका पुस्तक समावेश गरिनेछ ।
उक्त प्रदर्शनीमा पाठकहरुलाई ९ प्रतिशतदेखि ८० प्रतिशतसम्म छुट उपलब्ध गराउने व्यवस्था गरिएको छ । पठनसंस्कृति निर्माण र व्यवसाय प्रबर्द्धनकै सिलसिलामा साझा प्रकाशनले \'ज्ञान आर्जन आफ्नो अधिकार पुस्तकमाथि पहुँच\' का लागि पाठकहरुको घरदैलोसम्म सुलभ ढङ्गले पुस्तक पुर्याउन मेचीदेखि महाकालीसम्म र तराईदेखि पहाडसम्म घुम्ती पुस्तक प्रदर्शनी गर्ने योजना बनाएको साझा प्रकाशनले जनाएको छ ।
| तपाईको प्रतिक्रिया | |
|
|