|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


आठवर्षअघि नुमाफुङ चलचित्र निर्माण गरेका सफल निर्देशक नवीन सुब्बाले \'गुडवाइ काठमाडौँ\' नामक चलचित्र निर्माण गर्ने हुनुभएको छ ।
मेन्छयाएम पिक्चर्सद्वारा आइतबार राजधानीमा आयोजित कार्यक्रममा निर्देशक सुब्बाले अब निर्माण गर्न लागिएको चलचित्र गुडवाइ काठमाडौँले नेपालको संस्कृतिलाई बाहिरी मुलुकमा पुर्याउने बताउनुभयो ।
सुब्बाद्वारा निर्मित नुमाफुङ चलचित्रले सन् २००३ मा बङ्गलादेश र फ्रान्सबाट उत्कृष्ट पुरस्कार प्राप्त गरेको थियो । गुडवाइ काठमाडौँ निर्माणका निमित्त हङकङ, अस्ट्रेलिया,बेलायतलगायत युरोपका मुलुकमा चलचित्र क्षेत्रमा लामोसमयसम्म काम गरेका नेपालीको समेत सहयोग रहनेछ ।
गुडवाइ काठमाडौँको कथा राजेश गोङ्गाजु श्रेष्ठ तथा गीत रमण घिमिरे, श्रवण मुकारुङ र राजेश श्रेष्ठलगायतका रहनेछन् । उक्त चलचित्रको छायाङ्कन सोमबारदेखि सुरु गरिने छ । छायाङ्कन प|mान्सेली नागरिक थिएर्री तैबले गर्नुहुने छ ।
चलचित्रमा कलाकार टीका पहारी, पूर्व मिस नेपाल माल्भिका सुब्बा, सुवास गजुरेल, महन्तलाल मल्ल, कविता आले, कर्मा, गणेश मुनाललगायतको अभिनय रहनेछ ।
| तपाईको प्रतिक्रिया | |
|
|